default_image

11 months ago

January 16, 2025

वासुकलालाई टेबल टेनिस मुख्य प्रशिक्षकको जिम्मेवारी

618 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मोहनदास वासुकलालाई टेबल टेनिसको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत टेबल टेनिसका नायव वरिष्ठ प्रशिक्षक वासुकलालाई बुधवार राखेप सदस्यसचिव स्तरीय निर्णय मार्फत मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले वासुकलालाई बिहीवार जिम्मेवारीको पत्र हस्तान्तरण गरे । वासुकलाले अब विभागमै रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।

तत्कालीन मुख्य प्रशिक्षक राजेन्द्र कपालीले राजीनामा दिएपछि पद रिक्त थियो ‌। अखिल नेपाल टेबलटेनिस संघका महासचिवको कुवेर सिंहका अनुसार राखेपका ५ जना टेबलटेनिस प्रशिक्षक कार्यरत छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.