10 months ago
February 16, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए । प्रतियोगितामा पुरुष/महिला एकल, पुरुष ३५ , ४५ , ५५ , ६५ वर्ष माथि गरि ६ विधा तथा महिला/पुरुष डबल्स, पुरुष ३५ , ४५ र ५५ माथिको उमेर समूहमा गरि कुल ११ विधाका प्रतिस्पर्धा हुनेछ।
एकल महिला/ पुरुषको विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै पुरुष ३५ माथिकाले विजेताले ४० र दोस्रोले २०हजार, ४५ माथिको विजेताले ३५ हजार र दोस्रो २० हजार रुपैयाँ पाउनेछन्।

५५ माथिका विजेताले २५ हजार र दोस्रोले १५ हजार र ६५ माथिका १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
महिला/ पुरुष डबल्स, पुरुष डबल्सका विजेताले पनि पुरस्कृत गरिने संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
लन टेनिस खेल र खेलाडी विकास गर्ने उद्देश्यका साथ संघबाट निरन्तर खेल गतिविधि हुँदै आएको संघका अध्यक्ष ज्ञवालीले बताए ।
प्रतियोगिता आयोजना गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पुरुष एकलतर्फ नेपालका नम्बर एक खेलाडी प्रदिप खड्का साविक विजेता हुन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]