default_image

6 months ago

June 10, 2025

राष्ट्रिय स्क्वासमा बागमतीको दोहारो जित

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशले १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिपको पुरुष टिम इभेन्टमा दोहोरो जित हासिल गरेको छ ।

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन मंगलवार बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो ।

बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनको जोडीले सहज निकाले । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्तले जलन जिसीलाई ११-२, ११-७ र ११-७ ले हराए । पासङले हिमाल जिसीलाई ११-०, ११-३ र ११-० ले पराजित गरे।

कोशी प्रदेशविरुद्ध पनि बागमतीका ३ खेलाडीले सोझो सेटमा जित निकाले । राकेश परियारले खेम राज राईलाई ११-२, ११-९ र ११-४, अरहन्तले नयन बहादुर मगरलाई ११-६, ११-३ र ११-३ र पासाङले सूर्य कुमार राईलाई ११-६, ११-५ र ११-४ ले पराजित गरे।

यसैगरी लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ३- २ ले हरायो । पहिलो खेलमा सुदीप बहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११-८, ७-११, १४-१२ र ११-९ ले हराए। दोस्रो खेलमा गौरव कटवालले राजु श्रेष्ठलाई ११-९, १३-११ र ११-३ ले पराजित गरे।

तेस्रो खेलमा नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई प्रतिस्पर्धात्मक खेलमा ११-६, ११-३, ४-११, ५-११ र ११-५ ले हराएपछि गण्डकीले सान्त्वना जित प्राप्त गर्यो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरे । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा सुरु भएको
प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशको सहभागिता रहनेछ ।

सहभागी छ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा गण्डकी , लुम्बिनी र मधेश प्रदेश छन् । पुल बागमती , कोशी र कर्णाली समूह ‘बी’ मा छन् ।

लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टोलीमा ४ खेलाडी रहन्छन् ।

महिला टिम इभेन्ट्समा बागमती, गण्डकी, कर्णाली र कोशी गरी ४ प्रदेशको सहभागिता छ ‌ भाग लिएको छ । राउन्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.