3 months ago
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ ।
पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे ।
सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको थियो । सृष्टिका टेबलटेनिस प्रशिक्षक रुविन महर्जन पनि सम्मानित भए । रुविनसम्मिलित एभिएम टोलीले केहि दिन अघि स्ट्याग ग्लोबल टेबल टेनिस च्याम्पियन्सको उपाधि जितेको थियो।
तेक्वान्दोको प्रशिक्षकमा १३ औं दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य र फुटसलको प्रशिक्षकमा रमेश दंगाल छन् । सोही अवसरमा फुटसल प्रतियोगिताका साथै विधार्थीले तेक्वान्दो डेमोस्ट्रेसन गरेका थिए।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]