default_image

9 years ago

May 13, 2017

टेबल टेनिस बिडम्बना: प्रशिक्षकबिना विश्व च्याम्पियनसिप खेल्ने तयारी

374 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हाल नेपालका ४ खेलाडी विश्व च्याम्पियनसिपको तयारीमा व्यस्त देखिन्छन्। जर्मनीको डस्सलडर्फ सहरमा आगामी मे २९ देखि जुन ५ सम्म हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको तयारीमा अखिल नेपाल टेबल टेनिस संघले एक प्रतियोगिता मार्फत २ महिला र २ पुरुष खेलाडीलाई छनोट गरेको हो।

छनोट चरण अन्तर्गत पुरुष तर्फ अमर लाल मल्ल पहिलो स्थानमा आए भने शीर्ष वरियताका शिव सुन्दर गोठे दोश्रो स्थानमा रहँदै छनोट भए। महिला तर्फ भने शीर्ष वरियताकि नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङ्गले जर्मनीमा नेपालको प्रतिनिधित्व गर्नेछन्। टेबल टेनिसको सर्वाधिक ठुलो प्रतियोगितामा सहभागी हुन पाउँदा नेपाली खेलाडीहरु निकै हौसिएका छन्। तर, टेबल टेनिस संघले खेलाडीहरुको प्रशिक्षणका लागि हालसम्म पनि निश्चित प्रशिक्षक तोकेको छैन।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत जारि राष्ट्रिय टोली तयारीकै लागि खटाईएका प्रशिक्षकहरुले अहिले विश्व च्याम्पियनसिपका लागि तयारी गरिरहेका खेलाडीहरुलाई प्रशिक्षण दिने गरेका छन्। राष्ट्रिय टोली तयारीमा अहिले १ दर्जन बढी खेलाडी दैनिक प्रशिक्षणमा सहभागी हुने गरेका छन् र यसै कारणले विश्व च्याम्पियनसिपको लागि तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणमा पनि केहि कमी भने पक्कै छ।

अमर लाल मल्ल, स्वेच्छा नेम्वाङ्ग, नविता श्रेष्ठ र शिव सुन्दर गोठे

पाँचौ पटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेका नेपालका शीर्ष वरियताका खेलाडी शिव सुन्दर गोठे प्रशिक्षक नहुँदा तयारीमा केहि असर परेको स्विकार्छन्। “हामीलाई निश्चित प्रशिक्षकको एकदमै खाँचो छ। सामान्य प्रशिक्षणमा उपलब्ध हुनु पर्ने हो तर त्यो हुन नसकेको खण्डमा कम्तिमा पनि यस्तो ठुलो प्रतियोगिताको लागि कसैलाई तोकिदिए हामीलाई निकै सहयोग पुग्ने थियो।”

महिला तर्फ शीर्ष वरियताकि खेलाडी नविता श्रेष्ठपनि प्रशिक्षक नभएकोले धेरै फरक पर्ने गरेको बताउँछिन्। “प्रशिक्षक नतोकींदा हामीलाई प्रशिक्षणमा निकै गार्हो हुने गर्दछ। खेलाडीको खेल्ने स्वभाव फरक-फरक किसिमको हुने गर्दछ र त्यसको लागि प्रशिक्षण विधि पनि छुट्टै हुन्छ। कम्तिमा २ जना खेलाडी बराबर १ प्रशिक्षक भएको भए हामीले आफ्नो बलियो र कमजोर पाटो थाहा पाएर त्यसमा सुधार गर्न झन् सजिलो हुने थियो।”

टेबल टेनिसमा हाल दुई ओटा राष्ट्रिय संघ अस्तित्वमा रहेका छन्। अन्तराष्ट्रिय मान्यता प्राप्त चतुरानन्द वैधको अध्यक्षतामा रहेको संघ अन्तर्गत नेपाली खेलाडीहरु विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेका हुन्। प्रतियोगितामा खेलाडीहरुको साथमा प्रशिक्षक नभएर व्यवस्थापकको भूमिकामा अध्यक्ष वैध जर्मनी जाने भएका छन्। उनले त्यहाँ हुने बैठकमा पनि सहभागिता जनाउने छन्।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.