8 years ago
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका संरक्षण भूषण बज्राचार्य र अभिलाषा विष्टले चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिप यू १८ को उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको शनिबार भएको यू १८ ब्वाइज सिंगल्सको फाइनलमा संरक्षणले प्रणब खनाललाई ७–६, ७–५ को सेटमा हराउँदै उपाधि जिते ।
त्यस्तै सोही समूहको गल्र्स सिंगल्सको फाइनलमा अभिलाषाले बिजिशा श्रेष्ठलाई ६–३, ६–२ सेटमा हराइन् र उपाधि जितिन् । अन्य इभेन्ट्स अन्तर्गत यू ८ को ब्याइजमा निशाद जोशी र गल्र्समा समृद्धि महर्जन विजयी भए ।
यू ९ को गल्र्समा प्रसंशा मोक्तान र ब्वाइजमा सक्षम बिक्रम शाह च्याम्पियब ने । यू १० को गल्र्समा प्रसंशा मोक्तान र ब्वाइजका आरभ सम्राट हाडा विजयी भए । यू १२ को गल्र्समा रायना शाह र ब्वाइजमा आर्यन गिरी विजयी भए । त्यस्तै यू १४ को गल्र्समा सलोनी तामाङ र ब्वाइजमा आदित सुवेदीले विजयी भए ।
जेटीआई नेशनल कोर्डिनेटर कृष्णराज घले, आयोजक नेपाल जुनियर लन टेनिसका अध्यक्ष अजय विष्टले विजेतालाई पुरस्कृत गरेका थिए । प्रतियोगितामा सहभागी खेलाडीहरुले प्राप्त गरेको अंकको आधारमा लन टेनिसको जुनियर खेलाडीको वरियतामा समावेश गरिने अध्यक्ष विष्टले जानकारी दिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]