8 years ago
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघकी सदस्य विन्दा पौडेल सिम्खडा र ब्याडमिन्टन अम्पायर सुमित शाक्य दुई अलग कार्यक्रममा भाग लिन मंगलबार विदेश यात्रामा निस्केका छन् ।
सदस्य सिम्खडा एसियाली ब्याडमिन्टन संघअन्र्गत वुमन ब्याडमिन्टन कमिटीको बैठकमा भाग लिन मेलेसिया प्रस्थान गरेकी हुन् । बैठक बिहीबार र शुक्रबार हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
त्यस्तै अम्पायर शाक्य इन्डोनेसिया बिहीबारबाट सुरु हुने एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपका दौरान हुने एक्रिडिटेसनल परीक्षामा भाग लिन त्यसतर्फ गएका हुन् । उनले च्यामिपयनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । उक्त प्रतियोगितामा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित संघको कार्यालयमा मंगलबार सिम्खडा र शाक्यलाई विदाई गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]