10 years ago
December 18, 2015
एपिएफका विजित थापामगर र पाइन्द्र महता तथा आर्मीका नवीन श्रेष्ठ तेस्रो गंगाटा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलको दोस्रो चरण पुगेका छन् ।
अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा बिहीबार सुरु भएको प्रतियोगितामा विजितले कलंकीका अमर लावतीलाई २१–६,२१–१२ ले, इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१०, २१–५ ले हराए ।
नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई समेत मध्यनजर गर्दै आयोजित पुरुष एकलमा नवीनले सामाखुशीका सुगन थापालाई २१–११,२१–८ ले पराजित गरे । नेपाल ब्याडमिन्टन संघको वरियताक्रमको शीर्ष १६ मा रहेका खेलाडीले प्रतिस्पर्धा गर्ने पुरुष एकलको विजेताले ५० र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको पुरुष युगलको प्रतिस्पर्धामा बिबिसीका गणेश रायमाझी र विश्वास नेपाल, एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बु, एपिएफकै महेन्द्र ढकाल र सुरेन्द्र बुढाथोकी, कास्कीका खेमबहादुर केसी र सानबहादुर आलेको जोडी विजयी हुँदै अघिल्लो चरण पुगेका छन् । विजेता जोडीले एक लाख रुपैयाँ प्राप्त गर्ने उक्त इभेन्टमा गणेश र विश्वासको जोडीले बुर्तिबाङका राजकुमार श्रेष्ठ र यामु पौवीको जोडीलाई २१–१६,२१–१५ ले, जोसेफ र सुमनको जोडीले बिबिसीका ग्याल्जेन शेपर्मा र नीरज शाक्यलाई २१–१८,२१–१७ ले पराजित ग¥यो । त्यस्तै महेन्द्र र सुरेन्द्रको जोडीले आयोजक गंगटा युवा क्लबका रोमान बानिया र रेशम पुनको जोडीलाई २१–१४,२१–१७ ले, खेम र सानको जोडीले भक्तपुरका सन्तोष श्रेष्ठ र सालिग्राम गौतमको जोडीलाई २१–१६,२१–१३ ले हरायो । भेट्रान्स (४५ बर्ष माथि) को खेलमा धादिङका बद्री श्रेष्ठ र दुर्गा ठकुरीले लतिलपुरका सुनिल शाक्य र राजु थापाको जोडीलाई १७–२१,२१–१४,२१–१९ ले हरायो ।
जुनियर एकलतर्फ स्काइलार्कका पुजन खरेल,नेपाल पुलिसका निश्चल बुढाथोकी र काठमाडौका रोशन पोखरेलले दाहोरो जित हासिल गरे । पुजनले स्काइलार्कका विवेक खड्कालाई २१–४,२१–२ र पुलिसका अनिश श्रेष्ठलाई २१–१८,१६–२१,२१–१६ ले हराए । निश्चलले हिमालयन एकेडेमीका आशिष मण्डललाई २१–६,२१–६ ले र हिम्सका हृदयन्द्र आचार्यलाई २१–७,२१–२ ले पराजित गरे । त्यस्तै रोशनले हिमालयनका उत्सव जिसीलाई १९–२१,२१–३,२१–७ ले पाखा लगाए । जुनियरकै अन्य खेलमा स्काइलार्कका आर्यन ढुंगेल र पुलिसका एलिसले एक एक खेल जितेका छन् ।
मिश्रित युगलतर्फ गंगाटाका वीरेन्द्र थापा र दिना पुनको जोडी, पोखरा विशाल खड्का र यामकुमारी गुरुङ, आर्मीका सुरज महर्जन र अमिता गुरुङ, दीपेश धामी र नङ्सला तामाङ तथा पुलिस विष्णु कटुवाल मनुषा राईको जोडी विजयी हुँदै अघिल्लो चरण पुगेको छ । ५ इभेन्ट्स समावेश गरिएको सर्वाधिक ५ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]