default_image

10 years ago

December 23, 2015

अरहन्तको विजयी सुरुआत

207 views

0 Bookmark

अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे ।अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए ।

squash

जवाफी प्रहार गर्दै अरहन्त सिंह ।

पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले सुगम तुल्सनलाई ३–०, मित्र गुराउले विनायक श्रेष्ठलाई ३–२ तथा सुजन जुवाचेनले मनीषलाई ३–० र राजेन्द्र शाक्यलाई ३–२ ले पराजित गरे । सुरेन्द्र शाक्य, नैना मगर र विनोद शाक्यले पनि आ–आफ्नो खेल जिते ।

नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको मास्टर्स ५० वर्षमाथि किशोर महर्जन, सुवास राई, विनोदध्वज खड्का, डा. कुलेश थापा, किरण श्रेष्ठ, प्रेम सिंह र लालबहादुर गुरुङले जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

यसै प्रतियोगिताबाट १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने पुरुष÷महिला खेलाडीको प्रारम्भिक छनोट गरिने आयोजकले जनाएको छ ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.