10 years ago
December 30, 2015
भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागी हुने ब्याडमिन्टन खेलाडीको मंगलबार अन्तिम टुंगो लागेको छ ।

पुरुषमा नेपाल आर्मी क्लबका दीपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कट्वाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमश: शीर्ष ७ स्थानमा रहादै छनोट भए ।
महिलामा शीर्ष ७ स्थान हात पारेका क्रमश: सरादेवी तामाङ, नङ्शल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अन्जु राई छानिए । शिक्षा एपीएफकी हुन् भने बााके सबै आर्मीमा आबद्ध छन् ।
अन्तिम छनोटमा १० पुरुष र ८ महिला खेलाडीले राउन्ड लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । सागमा ब्याडमिन्टन नवौं संस्करणदेखि समावेश भएको थियो । नियमित रुपमा सहभागिता जनाउदै आएको ब्याडमिन्टनले ७ कांस्य जितेको छ । एकल स्पर्धामा सुमिना श्रेष्ठले १० औं सागमा कांस्य जितेकी थिइन् । बााकी ६ कांस्यमा पुरुष/महिला टिम इभेन्टमा बराबर संख्या रहेको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]