default_image

10 years ago

August 26, 2015

स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ११ देखि

247 views

0 Bookmark

कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा र·शालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

 स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ११ देखि

स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ११ देखि

प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट उदीयमान खेलाडी एक जना गरी तीन जनालाई एक–एक थान स्पोर्टस् साइकल पुरस्कार सङ्घको आन्तरिक स्रोतबाट जुटाउने कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङले जानकारी दिए।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न दुई लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ। करिब दुई सय ५० जना खेलाडीको सहभागिता रहने १४ औं संस्करणको प्रतियोगितामा निजी तथा सामुदायिक करिब २५ विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता सम्पन्न गर्न सङ्घका सल्लाहकार पुनर कुावरको संयोजकत्वमा ७३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ।

जसअनुसार सङ्घका सहसचिव दुर्गाप्रसाद जोजिजूको संयोजकत्वमा सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ, सन्जोग गुरुङ, मनोज श्रेष्ठ, खेमनारायण खनाल र डा. विष्णु चापागाई सदस्य रहेको प्रचार–प्रसार उपसमिति, दुर्गा जोजिजूकै संयोजकत्वमा बलभद्र नकर्मी, मीन गुरुङ, फणिन्द्र तिमिल्सिेना, शम्भु श्रेष्ठ र प्रदीप थापा सदस्य रहेको साउण्ड सिस्टम उपसमिति, कोषाध्यक्ष इन्द्रबहादुर गुरुङको संयोजकत्वमा खेम गुरुङ, रुद्र घले, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ, श्यामकृष्ण श्रेष्ठ र मोहनबाबु खड्का सदस्य रहेको आर्थिक व्यवस्थापन, सदस्य डा. विष्णु चापागाईको संयोजकत्वमा खगेश्वर काफ्ले, विजय शर्मा, क्या. भूपालसिंह गुरुङ र आशिष शेरचन सदस्य रहेको स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरिउको छ।

यस्तै प्रथम उपाध्यक्ष रुद्र घलेको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र दुर्गाप्रसाद जोजिजू सदस्य रहेको उद्घाटन तथा समापन व्यवस्थापन उपसमिति, सदस्य सन्जोग गुरुङको संयोजकत्वमा नरबहादुर गुरुङ, खेमनारायण खनाल, फणिन्द्र तिमिल्सिेना र वीरबहादुर आले सदस्य रहेको कार्यालय व्यवस्थापन उपसमिति, सदस्य मनोजकुमार श्रेष्ठको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र प्रतिभा गुरुङ सदस्य रहेको पुरस्कार व्यवस्थापन, उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठको संयोजकत्वमा रुद्र घले, बलभद्र नकर्मी, नरबहादुर गुरुङ र दुर्गाप्रसाद जोजिजू सदस्य रहेको टेक्निकल कमिटी गठन गरिएको छ।
सल्लाहकार क्या. भूपालसिंह गुरुङको संयोजकत्वमा मनोजकुमार श्रेष्ठ, प्रदीप थापा, राजेन्द्र गुरुङ र वीरबहादुर आले सदस्य रहेको व्यानर व्यवस्थापन र रंगरोगन, निवर्तमान अध्यक्ष खेम गुरुङको संयोजकत्वमा बलभद्र नकर्मी, सुरेशबहादुर श्रेष्ठ, नरबहादुर गुरुङ र बाबुराम पन्त रहेको अतिथि सत्कार, प्रतिभा गुरुङको संयोजकत्वमा रामप्रसाद ध्वजू, भूपाल गुरुङ, श्यामकृष्ण श्रेष्ठ, खेमनारायण खनाल, यमकुमारी गुरुङ र बुद्धिमान गुरुङ सदस्य रहेको जलपान व्यवस्थापन उपसमिति गठन गरिएको छ।

१४ औं संस्करणसम्म आइपुग्दा सङ्घले जिल्लाको खेलकुद विकासमा छुट्टै पहिचान बनाउन सफल भएको छ। सङ्घले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी कास्की जिल्लाकै शान बढाउन सफल भएको अध्यक्ष गुरुङले दाबी गरे। दक्षिण कोरियामा भएको १७ औं एसियन गेममा पुनम गुरुङले राष्ट्रिय ब्याडमिन्टन टीमबाट प्रतिनिधित्व गरेकी थिइन् भने गत वर्ष कास्की वर्ष खेलाडी–२०७१ बाट सम्मानित भएकी थिइन्। यस्तै कास्की जिल्ला ब्याडमिन्टन सङ्घ पनि वर्ष उत्कृष्ट खेल सङ्घको हैसियतमा कास्की जिल्ला खेलकुद विकास समितिबाट सम्मानित भइसहेको छ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.