7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली प्रशिक्षणका लागि मलेसिया प्रस्थान गरेको छ ।
नेपाली खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षणसँगै मलेसियाको लन टेनिस एसियाड टोलीस अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।
एसियाडमा पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलातर्फ जुम्लयाहा दिदीबहिनी मायांका राणा र माहिका राणा तथा एनी माथेमा छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलिया तथा एनी चेकोस्लाभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।
लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्जाव एसियाडदेखि भने नेपालको सहभागिता पुनः निरन्तर छ ।
लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बुधबारै बिदाईं गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]