default_image

7 years ago

August 30, 2018

ग्रान्डस्लामको पूनरागमन खेलमा मर्रे पराजित

173 views

0 Bookmark

एजेन्सी (न्युयोर्क) – पूर्व बेलायती नम्वर एक खेलाडी एन्डी मर्रे ग्रान्डस्लाम लन टेनिसमा पूनरागमन गरेको पहिलो खेलको दोस्रो चरणमा पराजित भएका छन् ।


अर्थर असे स्टेडियममा बुधबार राति भएको खेलमा मर्रे स्पेनका फर्नान्डो भेर्डास्कोसँग ३–१ को सेटमा पराजित भएको हो । मर्रेले १४ महिनापछि ग्रान्डस्लाम खेलेका हुन् । मर्रे ३१औं वरीयताका फर्नान्डोसँग ७–५, २–६, ६–४ र ६–४ को सेटमा पराजित भएका हुन् । ३१ बर्षीया मर्रेले खेलमा फर्कने कडा मेहनत गरेपनि दोस्रो चरण पार गर्न असमर्थ रह्यो । गत जनवरीमा शल्यक्रियापछि मर्रेको यो पाँचौ प्रतियोगिता हो ।

यता, तेस्रो वरीयताका अर्जेन्टिनी हुवान मार्टिन डेल पोर्टाेले अमेरिकी खेलाडी डेनिस कुड्लामाथि ६–३, ६–१ र ७–६ को जित निकाल्दै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.