7 years ago
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय च्याम्पियन तथा डिफेन्डिङ च्याम्पयन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नेपाल एपिएफ क्लबका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता रत्नले राखेप कभर्डहलमा बुधबार भएको प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६ र २१–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१–१५ र २१–१५ को समान अन्तरमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा, सेनाका रुकेश महर्जन, नविन श्रेष्ठ, भोजपुरका विकास श्रेष्ठ र सिल्क ग्रुपका प्रिन्स दाहालले पनि क्वाटरफाइनलमा स्थान बनाए । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरङले भोजपुरकी सिता राईलाई २१–१७ र २१–१९ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइन् ।
सेनाकी नङ्शलदेवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरी, बाँकेकी सम्झना शर्मा र एपिएफकी शोभा गौचनले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडी, पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडी, बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडी, एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी, सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी, एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडी, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडी र सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भए ।
खुलातर्फ जित निकालेका शिल्क ग्रुपका प्रिन्स दाहलाले यु—१७ तर्फको पुरुष एकलमा दाङका सुरज गुप्तालाई २१–५ र २१–६ को सोझो सेटमा पाखा लगाए । कैलालीका जय बि साउद, जेष्ट ब्याडमिन्टन एकेडेमीका प्रियान्सु सिंह क्षेत्री, दाङका हिमांशु कुँवर, कैलालीका अमृत चौधरी, सेनाका दिवेश शंकर, कञ्चनपुरका हिमाल चन्द र जेष्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले क्वाटरफाइनलमा स्थान बनाए ।
सोही समूहको महिला एकलतर्फ जेष्टकी दिमोना केसी र स्मृती राई, कञ्चनपुरकी विष्णा बिष्ट तथा झापाकी अन्जना राईले पनि अन्तिम आठमा प्रवेश गरे ।। भेट्रान्सतर्फ सेनाका सुभाष श्रेष्ठ र भुमी गुरुङको जोडी, जेष्टका अनुज पौडेल र प्रेम घलेको जोडी, ललितपुरका सुनिल मान शाक्य र पूर्णभक्त चित्रकार तथा नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीले अन्तिम आठमा स्थान बनाए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]