default_image

10 years ago

March 24, 2016

अमृत र अराहन्त ब्रान्ड एम्बासडर

185 views

0 Bookmark

dutकाठमाडौं, चैत ११
पाकिस्तानको खेल पोशाक तथा सामाग्री उत्पादक कम्पनी बीएस स्पोर्ट्सले नेपाली राष्ट्रिय स्क्वास खेलाडीद्वय अमृत थापा मगर र अराहन्तकेशर सिम्हलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ ।
नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन र बीएसका निर्देशक एम अली बबरले यस सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्तान्क्षर गरे । नेपाली स्क्वासको इतिहासमा कुनैपनि खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरिएको पहिलोपटक हो ।
सम्झौता अनुसार बीएसले दुवै खेलाडीलाई २ वर्षका लागि खेल पोशाक र ‘ट्राभलिङ किट्स’ उपलब्ध गराउने छ । बीएस एक वर्षको एक खेलाडी बराबर करिब १ लाख मूल्य बराबरको प्रायोजना गर्ने अध्यक्ष महर्जनले जनाएका छन् ।
विशेषगरी क्रिकेट खेल सामाग्री उत्पादन गर्ने बीएस स्पोर्ट्सले यसअघि राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रायोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
निर्देशक अलीले हस्ताक्षर कार्यक्रमपछि खेलाडीलाई प्रायोजनसंगै पाकिस्तानमा हुने तालिम तथा प्रतियोगिताको व्यवस्था पनि मिलाउने बताउदै सातदोबाटोमा प्रशिक्षणका दौरान देखेको खेलाडीको लगनशिलताका कारण प्रायोजन गरेको जानकारी दिए ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.