default_image

7 years ago

January 18, 2019

नाडाल र फेडेरर अस्ट्रेलियन ओपनको प्रि–क्वाटरफाइनलमा

157 views

0 Bookmark

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरियाताका स्वीस रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


रोड लभर एरेनामा शुक्रबार भएको खेलमा स्पेनका ३२ वर्षे नाडालले अस्ट्रेलियाका एलेक्स डि मिनाउरलाई ३–० को सोझो सेटमा पराजि गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् । नाडालले एलेक्स डिमाथि ६–१, ६–२, ६–४ सहज जित निकल्यो । अब नाडालले क्वाटरफाइनल प्रवेशका लागि चेक गणतन्त्रका टोमास बार्डेचसँग खेल्नेछ । बार्डेचले अर्जेन्टिनाका डिएको स्चवार्टम्यानलाई ५–७, ६–३, ७–५, ६–४ को सेटमा हराएका थिए ।

शुक्रबारै भएको अर्काे खेलमा स्वीट्जरल्यान्डका फेडेररले अमेरिकाका टेलर फ्रिट्जलाई ३–० को सोझो सेटमा पराजित गरे । फेडेररले अब क्वाटरफाइनल प्रवेशका लागि ग्रीसका स्टेफानोस सिटसीपससँग प्रतिस्पर्धा गर्नेछन् । सिटसीपसले जर्जियाका निकोलोजलाई ६–३, ३–६, ७–६ र ६–४ को सेटमा हराएका थिए ।

महिलातर्फ दोस्रो वरियाताकी एन्जेलिक केरबेरले अस्ट्रेलियाकी किम्बर्ले बिरेलमाथि ६–१, ६–० को सहज नतिजा निकाल्दै अन्तिम १६ मा स्थान बनाइन् । रसिययन टेनिस सुन्दरी मारिया सारापोभाले तेस्रो वरीयताकी कारोलिन वाज्नियाकीलाई ६–४, ४–६, ६–३ को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.