7 years ago
January 23, 2019
एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्वाटरफाइनलमा नवौ वरीयताका जापनिज केइ निशिकोरीबाट वाक ओभर पाएपछि जोकोभिच अन्तिम चारमा पुग्न सफल भएको हो । जोकोभिचले पहिलो सेट ६–१ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पारिसकेको अवस्थामा चोटका कारण निशिकोरीले रिटायर लिएको हो ।
उनलाई मेडिकल टोलीले परिक्षण गरेपनि समयसीमा भन्दा बढी भएका कारण रिटायर दिनुपरेको थियो ।
शीर्ष वरीयताका जोकोभिचले अब फाइनल प्रवेशका लागि फ्रान्सका लुकास पोउलीसँग प्रतिस्पर्धा गर्नेछ । लुकासले क्यानडाका मिलोस राओनिकलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।
यस्तै अर्काे सेमिफाइनलमा दोस्रो वरीयताका स्पेनिस राफयल नाडालले ग्रीकका स्टेफानोस सिट्सीपासको सामना गर्नेछ । नाडालले अमेरिकन फ्रान्सिस टियाफोइलाई तथा स्टेफानोसले स्पेनका रोवर्टाे बाउटिस्टासँग खेल्नेछ ।
महिलातर्फ चौथो वरीयताका जापनिज नाओमी ओसाकाले युक्रेनकी इलिना भिटोलिनालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।
चेक रिपब्लिककी क्यारोलिना पिलिस्कोभाले अमेरिकी सेरेना विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी छन् । ओसाका र क्यारोलिना बीच सेमिफाइनलमा खेल हुनेछ । अर्काे सेमिफाइनलमा चेक रिपब्लिककी पेट्रा केभीटोभा र ड्यानिली रोस कोलिन्सबीच खेल हुनेछ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]