7 years ago
June 5, 2019
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरीयताका स्वीस रोजर फेडेरर फ्रेन्च ओपनको सेमिफाइनलमै भिड्ने भएका छन् ।

पेरिसमा जारी फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्वीस फेडेररले आफ्नै देशका स्टेन वारिन्कालाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा ३७ वर्षीय फेडेररले पहिलो सेट ७–६(७–४) ले जितेको थियो । दोस्रो सेट ६–४ ले गुमाएको फेडेररले तेस्रो सेट ७–६(७–५) आफ्नो पक्षमा पारेको थियो । चौथो सेट सहजै ६–४ ले जितेपछि फेडेरर सेमिफाइनलमा पुग्न सफल भयो । फेडेररले वान्किालाई पराजित गर्न ३ घण्टा १७ मिनेट समय खर्चिए ।

वारिन्कामाथिको जितसँगै फेडेररले फ्रेन्च ओपन जित्ने आफ्नो सपना साकार हुदै गएको बताएका छन् । ‘म यसअघि चौथो चरण अथवा क्वाटरफाइनलबाटै बाहिरिदै आएको थियो । तर, यसपटक सेमिफाइनलमा पुग्न सफल भएको छु । अत्यन्तै खुशी छु ।’ एकपटकको फ्रेन्च ओपन च्याम्पियन फेडेररले भने, ‘चारवर्षपछि पहिलोपटक रोलान्ड गारोसमा खेल्दैछु । राम्रो खेलिरहेको वारिन्काको रिदा ब्रेक गर्न सफल हुदा म अघिल्लो चरणमा पुग्न सफल भए । नाडालसँगको खेल विशेष हुनेछ । ’
दोस्रो वरीयताका नाडालले मंगलबार राति नै जापानी केइ निसिकोरीलाई ६–१, ६–१ र ६–३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो । फेडेररसँगको सेमिफाइनल खेल्ने पक्का भएसँगै ३३ वर्षीय नाडालले फेडेररसँगको खेल विशेष मोमेन्ट हुने बताएका छन् ।
महिलातर्फ बेलयाती जोहाना कोन्टाले अमेरिकी स्लोएनी स्टेफेन्सलाई ६–१ र ६–४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् । उनी सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनलमा पुग्ने पहिलो बेलायती खेलाडी बनेका छन् । २८ वर्षीय कोन्टाले अब सेमिफाइनलमा चेककी मार्केटो भोनड्रोउसोभासँग खेल्नेछिन् । मार्केटाले क्रोएसियाक पेट्रा मार्टिकलाई ७–६ र ७–५ ले पराजित गर्दै सेमिफाइनल पुग्न सफल भएकी थिइन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]