6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले नवौं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।
इटहरीको कभर्डहलमा मंगलबार भएको शीर्ष १६ वरीयता भित्रको खेलमा रत्नले एपीएफका गौतम कठायतमाथि २–१ को सेटमा जित हात पारेको हो । अत्यधिक गर्मी भएपछि खेल्न असहज हुदा रत्नले गौतममाथि पहिलो सेट १९–२१ ले गुमाएपनि त्यसपछिको दुवै सेट २१–९ र २१–१४ को सहज जित हात पारेको थियो । यस्तै रत्नले एपिएफका सुमन लिम्बुमाथि २१–१० र २१ र १३ को जित निकाल्यो ।
यता, आठौं राष्ट्रिय खेलकुदका च्याम्पियन दिपेश धामीले बाँकेका इरफान अन्सारीलाई २१–१४ र २१–१४ को सोझो सेटमा हरायो । अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५–२१, २१–१९ र २१– १४ ले पराजित गरे । समूह ‘बी’को अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–११ र २१–१५ ले पराजित गरे ।
यसैगरि पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१–१६ र २१–९ ले पराजित गरे । यस लिग बाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको टुङ्गो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ । उच्च वरीयताका १६ खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराए ।
सोही क्रममा समूह ए मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१–१८ र २४–२२ ले, समूह सीका भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१–१७ र २१–१४ ले तथा समूह डीमा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले । पहिलो सेटलाई २१–१९ ले आफ्नो पक्षमा पारेका बिष्णुले दोश्रो सेटमा ७–१२ को अवस्थामा खेल परित्याग गरेका थिए । उनलाई खेलकै दौरान ज्वरो आएकाले खेल परित्याग गरेका थिए ।
यसैगरि उच्च १६ बाहेककाविच खेलाईएको पुरुष एकलमा सेनाका आयुष्मान नगरी, कैलालीका अमृत चौधरी, जेष्ट ब्याडमिन्टनका अनिष खतिवडा, बाँकेका रियाज अन्सारी, जाजरकोटका राजु भँडेल, ललितपुरका ससिन डङ्गोल र दैलेखका खगेन्द्र बहादुर सिंह आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरण प्रवेश गरेका छन् ।
पहिलो चरणबाट दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, जाजरकोटका सि.पी. घर्तीमगर, एपिएफका प्रियान्सु सिंह क्षेत्री, जाजरकोटका नारायण भँडेल, पुलिसका गौरव दाहाल, काठमाण्डौका प्रतिक अर्याल, एपिएफका ईन्द्र बहादुर महता, सूर्खेतका सुजित कार्की, कैलालीका जे.बि. साउद, सेनाका गोकुल जोरा, ईलामका अजित नेम्वाङ्ग, पुलिसका पूर्ण बहादुर थापा, कैलालीका योगेश थापा, एपिएफका पेम्बा शेर्पा, ललितपुरका रदिप महर्जन, कैलालीका देवराज राना, सूर्खेतमा अनिल मल्ल, सेनाका दिवस शंकर, बुढासुब्बा ब्याडमिनटन एकेडेमीका अजय चौधरी, झापाका प्रनिश सिंह ठकुरी, रुपन्देहीका किरण बिष्ट, खोटाङ्गका समन राई र जेष्ट ब्याडमिन्टनका अर्जून तामाङ्ग रहेका छन् ।
यस्तै यु – १७ छात्रतर्फ खोटाङ्गका अलिस दङ्गाल, कैलालीका जैबी साउद, सलकपुरका मुनाहाङ्ग राई, कञ्चनपुरका हिमाल चन्द, बाँकेका शिब सुनार, दाङ्गका सुरज गुप्ता, मोरङ्गका आवाज ओडारी, सेनाका डेभिड थापा मगर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, दाङ्गका सफिक ईद्रिसी, सप्तीका विनय चौधरी र सनिल चौधरी तथा खोटाङ्गका कञ्चन श्रेष्ठ पहिलो चरण पार गर्दै दोश्रो चरणमा पुगेका छन् ।
नेपाल खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले एक समारोहविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]