6 years ago
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए ।
यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए । यसैगरी महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन् । सेमिफाइनलमा पराजित भएकी चाइनेज ताइपेईकी यु चेह तेस्रो भइन् । गायत्रीले भने सेमिफाइनलमा जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिईन् ।
भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले पुरुष डबल्सको उपाधि जितेका छन् । रोहन र सौरवको जोडीले मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा रोहन र सौरुभको जोडीले नेपालका विजित थापामगर र विकास श्रेष्ठको जोडीलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।
इजात र जाचेरीको जोडीले सेमिफाइनलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले मिक्स डबल्सको उपाधि जितेको छ । राखेप कभर्डहल कोर्टमा आइतबार भएको फाइनलमा उक्त जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीलाई हराएको हो ।
रनवाटानोउङ र रिरिनको जोडीले दोस्रो सेटको बीचमै खेल त्यागेपछि भेनकाट र जुही विजेता बनेका थिए । बोरनवाटानोउङको दायाँ हातमा चोट लागेपछि उनले बीचमै खेल त्याग्ने निर्णय गरेका थिए । यद्यपी भारतीय जोडीले पहिलो सेट २१–१९ ले जितेको थियो । विपक्षीले खेल त्याग्नुअघि दोस्रो सेटमा पनि भेनकाट र जुहीको जोडी १७–१० ले अगाडी थिए । च्याम्पियन भेनकाट र जुहीको जोडीले सेमिफाइनलमा नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
महिला डबल्सको उपाधि नेपालले जितेको छ । यस स्पर्धामा विदेशी खेलाडी सहभागी थिएनन् । आइत्बार नै भएको फाइनलमा नेपालकी पुजा श्रेष्ठ र नङ्शल तामाङको जोडीले जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराउँदै उपाधि जिते । नेपालका निता लम्साल र सिमा राजवंशी तथा सिता राई र सम्झना शर्माको जोडी तेस्रो भए ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]