6 years ago
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए ।
सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला खेलाडीहरुको छनोट गर्न लागिएको छनौट कार्यका संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।
प्रतियोगिता लिगका आधारमा खेलाईएको समेत संयोजक शाहले बताए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भईरहेको प्रतियोगिता तीन दिन सम्म संचालन हुने छ ।
छनोटमा प्रतिस्पर्धा गर्नेछ खेलाडी ।
महिलातर्फ – रशिला महर्जन नङ्सलदेवी तामाङ अनुमाया राई सीता राई जेसिका गुरुङ रन्जना भट्ट शोभा गौचन सीमा राजवंशी सुनैना मुखिया सम्झना शर्मा नीता लम्साल शशी खत्री लोक्तमा राई अग्रिमा भण्डारी प्रसुना खत्री अमिता गिरी पुजा श्रेष्ठ
पुरुषतर्फ – दिपेश धामी रत्नजित तामाङ बिकास श्रेष्ठ प्रिन्स दाहाल नवीन श्रेष्ठ प्रफुल महर्जन जीवन आचार्य दीपक बोहोरा साजनकृष्ण ताम्रकार विजित थापामगर गौतम कठायत विष्णु कटुवाल सुनिल जोशी रुकेश महर्जन विशाल खड्का देवराज राना सुरज महर्जन
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]