6 years ago
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ ।
बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको हो ।
प्रमुख अतिथिका रुपमा रहनुभएका राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष ओलम्पियन तथा प्रदेश सभासद सुरेन्द्र हमाल, ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा,नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, खेलकर्मी नविन पाण्डे, जिखेविस काठमाडौंका निर्वतमान उपाध्यक्ष दामोदर भट्टराई (बद्री) बक्सिङ्गका वरिष्ठ प्रशिक्षक ओम मास्के ,रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापा लगायतले सागका पदक विजेता खेलाडीलाई सम्मान गरे ।
विद्यालयका प्रधानाध्यापक बसन्त लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विभिन्न खेलमा विजयी खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]