default_image

6 years ago

May 30, 2020

टेबल टेनिस एकेडेमी सुरु गर्दै नविता

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसकी महिला राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले टेबल टेनिसको ऐकेडेमी सञ्चालनको तयारीमा जुटेकी छिन् । काठमाडौंको नयाँ बजारस्थित आफ्नो जग्गामा रहेको घरमा उनले एकेडेमी सञ्चालनको लक्ष्यका साथ काम अघि बढाइरहेकी छिन् ।

भविष्यमा होस्टलसहितको प्रशिक्षण केन्द्र खोल्ने तयारीमा रहेकी नविताले हाललाई एउटा हल तयार गरिसकेकी छिन् । यसपटक एसईई दिने विधार्थीहरुलाई लक्षित गरेर नविताले ३ वटा बोर्ड राखेर प्रशिक्षण सुरु गर्ने गरि तयारी थालेकी थिइन् । तर, कोरोना भाइरस (कोभिड १९) को महामारीलाई रोक्नका लागि सरकारले दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि उनको योजना पनि प्रभावित भएको छ । एसईई पनि रोकिएको छ । अब कहिले बाट प्रशिक्षण सुरु गर्ने भन्ने एकिन भने छैन ।

‘एसईई सकिएपछि प्रशिक्षण केन्द्रको उद्घाटन गर्ने लक्ष्यका साथ काम अघि बढाइरहेका थियौं,’ आठ पटक राष्ट्रिय च्याम्पियन नविताले भनिन्, ‘तर कोरोनाका कारण एसईई पनि रोकियो । हाम्रो योजना पनि अहिलेका लागि स्थगित भयो । अहिलेको हल बनाउनका लागि १० लाख रुपैयाँ खर्च भइसकेको छ ।’

अन्तर्राष्ट्रिय स्तरका टेबल टेनिस सामाग्रीका लागि भारतीय कम्पनी स्ट्यागलाई अर्डर गरिसकेकोको नविताले जानकारी दिइन् । ८ लाख रुपैयाँ बराबरको सामान उनले अर्डर गरिसकेकी छिन् । स्टागले उनलाई सामानको रकममा छुट दिने भएको छ । त्यसैले एकडेमीको नाम नै स्टाग च्याम्पियन्स एकेडेमी राखिएको छ । यसको अर्को कारण स्टागले विश्वका ८८ देशका प्रशिक्षक केन्द्रसँग सहकार्य गर्दै आएको छ । त्यस्ता प्रशिक्षण केन्द्रसँग खेलाडी एक्सचेन्ज प्रोगाम चलाउने उद्देश्यका साथ स्टागसँग सहकार्य गरेको नविताले बताइन् ।

‘हामीले टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन गर्ने र प्रतिस्पर्धात्मक बनाउने हो भने बढी भन्दा बढी नयाँ खेलाडीलाई यसमा प्रवेश गराउनु पर्दछ,’ नविताले भनिन्,’ हामीले त्यहि लक्ष्यका साथ आफ्नो तर्फबाट एकेडेमीको सुरुवात गर्न लागेका हौं । अहिले सानो रुपमा सुरु गरेपनि यसलाई पछि ठूलो रुपमा बिस्तार गर्ने योजना छ ।’

लकडाउन खुलेपछि ६ आना २ पैसाको अर्को जग्गामा हल बनाउने नविताको तयारी छ । त्यसपछि ३ वर्षपछि भने १३ आनाको आफ्नै अर्को जग्गामा होस्टलसहितको एकेडेमी बनाउने उनले योजना राखेकी छिन् । ‘अहिलेको प्रशिक्षण हलले काठमाडौंका भाई बहिनीका लागि मात्र हुन सक्छ । काठमाडौं बाहिर यहाँ बसेर सिक्न चाहनेका लागि हामी होस्टल बनाउँछौं,’ उनले सुनाइन्, ‘तर त्यसको लागि केहि वर्ष भने लाग्नेछ । प्रशिक्षणमा नयाँ खेलाडीको आकर्षण कस्तो हुन्छ । त्यसका आधारमा ३ वर्षपछि होस्टलसहितको एकेडेमी बनाउनेछौं ।’

अहिलेका लागि भने एकेडेमीमा उनका मुख्य प्रशिक्षक नाताले उनकै श्रीमान राकेश महर्जनले प्रशिक्षण दिनेछन् । नविता र नन्द एलिना महर्जन भने प्रशिक्षकको भूमिकामा हुनेछन् । पछि प्रशिक्षार्थी बढ्दै गएको खण्डमा भने अन्य प्रशिक्षकहरुलाई पनि राख्ने उनको योजना छ । अहिलेको हलमा ३ वटा बोर्ड रहेका छन् । एक पटकमा १५ जना सम्मले प्रशिक्षण गर्न सक्नेछन् । प्रशिक्षार्थीहरुको चाप बढ्दै गएको खण्डमा बिहानदेखि साँझ सम्मनै प्रशिक्षण सेसन चालाउने नविताले सुनाइन् । विशेष  प्रशिक्षण लिन चाहनेका लागि पनि अलग्गै व्यवस्था गरिनेछ ।

खेलाडी उत्पादन गर्न र खेललाई व्यवसायिक बनाउन सरकार, राष्ट्रिय खेलकुद परिषद् वा राष्ट्रिय संघको मात्र भर गर्न नहुने नेपाल प्रहरीकी खेलाडी समेत रहेकी नविताको विचार छ । ‘अब हरेक खेललाई व्यसायिक बनाउँदै लैजानु पर्दछ अनि मात्र नयाँ खेलाडीको आकर्षण बढ्न सक्छ,’ उनले भनिन्,’फुटबल, क्रिकेटका खेलाडी जस्तै टेबल टेनिस पनि व्यवासयिक बनाउनुपर्दछ भन्ने मलाई लाग्छ । हामी विदेशी लिगमा गएर खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ काम गर्न खोजिरहेका छौं ।’

सक्रिय खेल जीवन पछि प्रशिक्षणमै केन्द्रित हुन चाहेकी उनले भनिन्, ‘म राखेपमा पनि प्रशिक्षकका रुपमा काम गर्न चाहन्छु । त्यस बाहेक आफ्नै एकेडेमीमा पनि खेलाडी उत्पादन गर्नेछु । यो त्यसैको सुरुवात हो ।’

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.