default_image

5 years ago

February 2, 2021

जम्दै गएका ग्रिजमन

166 views

0 Bookmark

एजेन्सी – एन्टोइन ग्रिजमन फेरि एकपटक चम्केका छन् । एथ्लेटिक क्लबविरुद्ध आइतबार बार्सिलोनाले २–१ को जित निकाल्दा ग्रिजमनको गोल निर्णायक बनेको थियो । उनी पछिल्ला केहि खेलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो एक महिनामा बार्सिलोनाका जितमा ग्रिजमन निकै व्यस्त छन् । उनले यो अवधिमा ५ गोल गर्नुका साथै ४ एसिस्ट गरेका छन् । बार्सिलोना पुगेयता ग्रिजमनको यो उच्च प्रदर्शन हो ।

सन् २०२१ मा ला लिगामा ग्रिजमन निकै लयमा देखिएका छन् । साथी खेलाडीका लागि पनि उनी प्रभावकारी हुँदै आएका छन् । ग्रानाडाविरुद्धको जितमा २ गोल गरेका ग्रिजमनले अर्को गोलका लागि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

आइतबारको खेलमा उनले दोस्रो गोल गरेका थिए । त्यो टोलीको विजयी गोल थियो । २०२० को अन्त्यसँगै त्यसयता बार्सिलोनाले लगातार उच्च प्रदर्शन गरिरहेको छ ।

ग्रिजमनले कोपा डेल रे रायो भालेसानोविरुद्धको खेलमा लिओनल मेस्सीका लागि एसिस्ट गरेका थिए । स्पेनिस सुपर कप रियल सोसिडाडविरुद्ध एसिस्ट गरेका ग्रिमजनले एथलेटिकविरुद्धको फाइनलमा २ गोल गरेका थिए ।

ला लिगामा ५ जित

एथ्लेटिकलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ । त्यो जितसँगै समान ४० अंक भएपनि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पारेको छ । यद्दपी बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिड भन्दा टोली १० अंकले पछाडि छ ।

बार्सिलोना र रियलले भन्दा एट्लेटिकले १ खेल कम खेलेको छ । बार्सिलोनाले २०२१ को सुरुवात बलियो रुपमा गरेको छ । ला लिगामा पछिल्ला ५ खेलमा टोलीले सफलता हासिल गरेको थियो ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.