default_image

4 years ago

August 26, 2021

टेबल टेनिस प्रशिक्षक रावललाई स्ट्यागको प्रायोजन

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– खेल सामाग्री उत्पादन कम्पनी स्ट्याग इन्टरनेसनलले टेबल टेनिस प्रशिक्षक नरेश रावललाई प्रयोजन गरेको छ । आइटिटिएफ लेभल २ प्रशिक्षक रावललाई तीन वर्षका लागि स्ट्याग इन्टरनेसनले अनुबन्ध गरेको हो ।

रावल टेबल टेनिसका अम्पायर पनि हुन् । स्ट्याग इन्टरनेसनलका सह अध्यक्ष विवेक कोहलीले रावलसँग सम्झौता गरेका हुन् । सम्झौता अवधि १ सेप्टेम्बर २०२१ देखि ३० अगष्ट २०२४ सम्म रहेको रावलले बताए । स्ट्याग इन्टरनेसनले रावललाई नियुक्ती अवधिभर आफ्नो उत्पादन टिसर्ट, ट्रयाकसुट, ज्याकेट, जुत्ता, मोजा, र्याकेट, ब्याकप्याग, झोलालगायतका सामाग्री उपलब्ध गराउनेछ ।

रावलले स्ट्याग इन्टरनेशनल ब्रान्डको प्रचार प्रसार गर्नेछन् । रावलले स्ट्यागको विश्वासलाई सम्मानमा रुपमा लिएका छन् । यस सम्झौतासँगै स्ट्यागले उनलाई यस अवधिमा विभिन्न अन्य देशमा प्रशिक्षणका लागि पनि लग्न सक्नेछ ।

रावल आफैं सरोज टेबल टेनिस फर अल नामक संस्थामार्फत टेबल टेनिस प्रशिक्षण गराउँदै आएका छन् । रावलले आफूलाई अवसर दिएकोमा स्ट्याग इन्टरनेसनलका सह–अध्यक्ष विवेक कोहली र अखिल नेपाल टेबल टेनिस संघलाई धन्यवाद दिएका छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.