default_image

4 years ago

October 12, 2019

पदक विजेता ब्याडमिन्टन टोली स्वदेश फिर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ । नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता नेपाली ब्याडमिन्टन टोली शनिबार स्वदेश फर्किएको छ ।

नेपाल ब्याडमिन्टन संघका उपध्यक्ष सुवास श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा र अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याललगायतले युवा टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । जुनियर ब्याडमिन्टनमा नेपालले जितेको यो अहिले सम्मकै बढी पदक हो ।

नेपालका लागि ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले पुरुष एकलमा रजत पदक हात पारेका थिए । मिक्स डबल्समा प्रिन्स, प्रफुल महर्जन, जेसिका गुरुङ र सीमा राजवंशीको जोडीले कास्यपदक जितेको थियो । यस्तै मिक्स टिम च्याम्पियनसिपमा पनि नेपालले कास्यपदक नै जितेको थियो ।

प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर र सिनियर स्तरमा उच्च प्रदर्शन गर्दै आइरहेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समेत छनोट भएका प्रिन्सले अन्नपूर्ण नेपाल अन्तर्राष्ट्रय ब्याडमिन्टन सिरिजमा कास्य तथा दुवई ओपनमा यू–१९ च्याम्पियनसिपमा स्वर्णपदक जितेका थिए ।

टोलीमा प्रिन्ससहित, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी छन् । प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह रहेका छन् । नेपाली टोली १६ असोजमा त्यसतर्फ प्रस्थान गरेका थियो ।

Success

Thank you for your time.