default_image

4 years ago

December 1, 2019

साग ब्याडमिन्टनः टिम इभेन्टमा नेपाली दुवै टोलीको पदक पक्का

पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको ब्याडमिन्टनको टिम इभेन्टसमा नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यससँगै टिम इभेन्टसमा नेपालले कम्तप्मा पनि कास्यपदक पक्का गरेको छ […]

64 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको ब्याडमिन्टनको टिम इभेन्टसमा नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यससँगै टिम इभेन्टसमा नेपालले कम्तप्मा पनि कास्यपदक पक्का गरेको छ ।

अब नेपालले श्रीलंकाको सामना गर्नेछ । यस्तै महिलातर्फ नेपालले बंगलालेशमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । महिला टोलीले पनि सेमिफाइनलमा श्रीलंकाको सामना गर्नेछ ।

खेल सोमबार बिहान हुनेछ । ब्याडमिन्टनमा सेमिफाइनल पुग्ने राष्ट्रले कम्तीमा कास्य पदक पक्का गर्नेछन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं सागको औपचारिक उद्घाटन गर्नेछन् ।

Success

Thank you for your time.