default_image

6 years ago

March 5, 2020

प्रिन्सको लगातार दोस्रो जित

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रोजित निकालेका छन् ।

बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलको खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका बेन्नेट पिटर्सलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ३२ मा पुग्न सफल भएको टिम म्यानेजर तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए । प्रिन्सले एकपक्षीय खेलमा २१–१३ र २१–१२ को सहज जित हात पारेको हो ।

यसअघि प्रिन्सले अष्ट्रियाका लेनी सुदर्मालाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका थिए । मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका थिए । यसअघि प्रिन्सले नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा दुई खेल जित्दै प्रि–क्वाटरफाइनलसम्म स्थान बनाएको थियो ।

उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसँग पराजित भएका थिए । त्यसपछि उनी जर्मनी प्रस्थान गरेका थिए ।

Success

Thank you for your time.