default_image

4 years ago

March 11, 2020

विश्व वरियतामा प्रिन्सको छलाङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष सातौं स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष सातौं स्थानमा उक्लिएका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा उक्लन सफल भएका हुन् । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् ।
विश्व जुनियर र्याङकिङको शीर्ष ७ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास हो ।

प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिन्सले यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरे ।

उनले पछिल्ला ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका छन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकाले ।

प्रिन्स दुई साताअघि १०औं तथा अघिल्लो महिना ११औं स्थानमा रहेका थिए । जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा तथा भारतका मेइरावा लुवाङ दोस्रो स्थानमा यथावत छन् । मलेसियाका कोक जिङ होङले एक स्था नसुधार गर्दा भारतका भरुण कपुर एक स्थन तल झदै चौथो स्थानमा झरेका छन् ।

डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ र फिनल्यान्डका जोआकिम वल्डरफ छैटौ स्थानमा यथावत छन् । जर्मनीका म्याथियसले एक स्थान सुधार गर्दै आठौं स्थानमा रहँदा इंग्ल्यान्डका इथान रोस दुई स्थान खस्कदै नवौ तथा चीनमा लिउ लियाङ पनि दुई स्थान तल झदै शीर्ष १० मा अटाएका छन् ।

१६ वर्षीय प्रिन्स डाँफे इंग्लिस बोर्डिङ स्कुल जावलाखेल ललितपुरमा ९ कक्षामा अध्ययनरत छन् । विश्व जुनियर वरीयतामा शीर्ष १० मा पर्न प्रिन्स र उनको परिवारको अथक मिहेनत रहेको छ । उनको यही अथक मिहेनतले उनले नेपाली ब्याडमिन्टनले विश्वमा बलियो उपस्थिति जनाउन सक्ने संकेत दिएको छ । त्यसका लागि नेपाल ब्याडमिन्टन संघले उनी जस्ता प्रतिभावान खेलाडीलाई पहिचान गरेर राम्रो एकेडेमीमा राख्न सके अझै सफलता हात पार्न सक्नेछ ।

Success

Thank you for your time.