default_image

4 years ago

October 19, 2020

स्थानिय प्रशासनलाई झुक्याएर प्रतियोगिता आयोजना

दिपक बोहोरा, पाँचथर देशमा कोभिड १९ कोरोना भाइरसका कारण पछिल्लो सात महिनादेखि नेपालभर खेलकुद  गतिविधि शुन्यप्राय छन् । कोभिड महामारीका कारण नेपाल सरकार र राखेपले सम्पूर्ण रोकिइरहेको अवस्था छ । अहिले विभिन्न खेलाडीहरु र खेलकुद संघहरुले अभ्यास गर्न दिन राखेपलाई अनुरोध गरे पनि राखेपले अभ्यासको लागी अनुमति दिएको छैन । महामारीले खेलकुद गतिबिधि ठप्प बनाएको बेला […]

55 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

देशमा कोभिड १९ कोरोना भाइरसका कारण पछिल्लो सात महिनादेखि नेपालभर खेलकुद  गतिविधि शुन्यप्राय छन् । कोभिड महामारीका कारण नेपाल सरकार र राखेपले सम्पूर्ण रोकिइरहेको अवस्था छ ।

अहिले विभिन्न खेलाडीहरु र खेलकुद संघहरुले अभ्यास गर्न दिन राखेपलाई अनुरोध गरे पनि राखेपले अभ्यासको लागी अनुमति दिएको छैन । महामारीले खेलकुद गतिबिधि ठप्प बनाएको बेला पूर्वि पहाडि जिल्ला पाँचथरमा भने कोभिड १९ लाई बेवास्ता गर्दै लाइन्स क्लब पाँचथरले ब्याडमिन्टन प्रतियोगिता नै आयोजना गरेको छ ।

विगत ३ दिन यता चलिरहेको प्रतियोगिताको फाइनल कार्तिक ५ गते हुने बताइएको छ । लायन्स क्लब पाँचथरले बिभिन्न पर्वहरुको अवसरले सो प्रतियोगिता आयोजना गरेको बताएको छ । कोभिड १९ रोकथाम निर्देशिका र स्थानिय प्रशासनको आदेशलाई समेत लत्याउँदै पाँचथर सदरमुकाम फिदिममा १३६ जना खेलाडीहरु सहभागी गराई ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

फिदिम माविको मैदानमा बनाइएको अस्थाइ कभर्ड हलमा ३ दिनयता प्रतियोगिता आयोजना भइरहेको छ । प्रतियोगिता आयोजना हुँदा स्थानिय प्रशासन बेखर रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताए ।

‘सूरुमा अनुमति माग्न आउनु भएको थियो, अनुमति दिन मिल्दैन भनेर हामिले सो प्रतियोगिता रोक्न भनेका थियौं । अहिले सञ्चालन भएको कुरा हामीलाइ थाहा भएन,’ प्रमुख जिल्ला अधिकारीले भने । प्रतियोगिता आयोजनानै भएकौ भए प्रतियोगिता रोकिने प्रमुख जिल्ला अधिकारीले बताए ।

१३६ जना खेलाडीहरुलाई ए,बि,सि गरि ३ समुहमा बिभिाजन गरि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेल सकिएको एक खेलाडीले हाम्रोखेलकुदलाई बताए ।
आयोजकले स्वास्थ्य मापदण्ड पुरा गरेर आयोजना गरिएको दाबि गरिए पनि मापदण्ड पुरा भएको देखिदैन ।

कभर्ड हलमा खेलाडीहरु र दर्शकहरुको बाक्लो उपस्थितिले मापदण्ड पालना नभएको प्रष्ट देखिन्छ । पाँचथरका विभिन्न स्थानिय तह र छिमेमि जिल्ला तेह्रथुमका खेलाडीहरुको सो प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिता गुपचुपमा आयोजना गरिएको हो । जिल्लाका सञ्चारकर्मीहरु कसैलाइै सो प्रतियोगिताको जानकारी दिइएको छैन । आयोजकहरु सामाजिक सञ्जालमा समेत प्रतियोगिताको अपडेट गरेका छैनन् । प्रशासनमा प्रतियोगिता स्थागित गरिएको भनेर प्रतियोगिता सञ्चालन भइरहेको छ ।

Success

Thank you for your time.