default_image

3 years ago

December 10, 2020

रत्नलाई हराउँदै प्रिन्स फाईनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी प्रिन्स दाहाल आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमिफाइनलमा सिल्क ग्रुपका प्रिन्सले रत्नजितलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब प्रिन्सले फाइनलमा आर्मीका नविन श्रेष्ठको सामना […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी प्रिन्स दाहाल आर्मीका रत्नजित तामाङलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् ।

बिहिबार सम्पन्न सेमिफाइनलमा सिल्क ग्रुपका प्रिन्सले रत्नजितलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । अब प्रिन्सले फाइनलमा आर्मीका नविन श्रेष्ठको सामना गर्नेछन् । नविनले आर्मीकै रुकेश महर्जन लाई २१–१७, २१–१० ले हराउँदै फाइनलमा स्थान पक्का गरेका थिए ।

यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको विश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एसियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।

यसअघि रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई २१-१७, २१–१७ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए । नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा रुकेशले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका थिए ।

राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल भोली हुनेछ । विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित भएका रत्नजित र रुकेशले जनही १०-१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Success

Thank you for your time.