default_image

3 years ago

December 27, 2020

ब्याडमिन्टन क्याम्प सम्पन्न, अब ३ महिने कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – निषेधाज्ञाका कारण स्थगित भएको बिगिनर्स ब्याडमिन्टन क्याम्प आइतबार सम्पन्न भएको छ । साउन १५ देखि २९ गते सम्म दुई साताका लागि तय भएको थियो । त्यति बेला एक साता सञ्चालन भएपपछि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि क्याम्प स्थगित गरिएको थियो । माइस इन्टरनेसनल सर्भिसको व्यवस्थापन र काठमाडौं जिल्ला […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निषेधाज्ञाका कारण स्थगित भएको बिगिनर्स ब्याडमिन्टन क्याम्प आइतबार सम्पन्न भएको छ । साउन १५ देखि २९ गते सम्म दुई साताका लागि तय भएको थियो ।

त्यति बेला एक साता सञ्चालन भएपपछि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि क्याम्प स्थगित गरिएको थियो ।

माइस इन्टरनेसनल सर्भिसको व्यवस्थापन र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोग भएको क्याम्पमा २४ जनाको सहभागिता रहेको जिल्ला संघका अध्यक्ष दीपक थापाले जनाकारी दिए ।

देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा बिडब्लूएफका लेभल वान प्रशिक्षक पुरुषोत्तम ढकाल र पूर्व खेलाडी बालकृष्ण थापाले प्रशिक्षण दिएका थिए । उनीहरुलाई ३ समूहमा प्रशिक्षण दिइएको थियो ।

कोरोना महामारीका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा नयाँ पुस्तालाई ब्याडमिन्टन खेलतर्फ आकर्षित गर्नका लागि क्याम्प सञ्चालन गरिएको अध्यक्ष थापाले बताए ।

स्काईब्रान्डको प्रायोजन गरेको क्याम्प उत्साहजन रहेकोले दोस्रो चरणमा संघले ३ महिनाको कोर्ष सञ्चालन गर्न लागेको पनि थापाले जानकारी दिए । सहभागिहरुलाई अध्यक्ष थापा र ब्याडमिन्टनका प्रशिक्षक किरण थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।

Success

Thank you for your time.