default_image

3 years ago

March 9, 2021

पूर्व च्याम्पियनहरुसहित खेल पत्रकार श्रेष्ठ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं ब्याडमिन्टन एकेडेमीले महिला ब्याडमिन्टन च्याम्पियन पुराना खेलाडीसहित खेल पत्रकार सरिता श्रेष्ठलाई सोमबार सम्मान गरेको छ । १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई एकेडेमीले सन्यास गरेको हो ।सात दशयकता राष्ट्रिय प्रतियोगितामा महिला एकल र युगलमा च्याम्पियन बनेका खेलाडीहरुलाई एकेडेमीले सम्मान गरेको हो । २००८ देखि २०७२ साल सम्म […]

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं ब्याडमिन्टन एकेडेमीले महिला ब्याडमिन्टन च्याम्पियन पुराना खेलाडीसहित खेल पत्रकार सरिता श्रेष्ठलाई सोमबार सम्मान गरेको छ ।

१ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई एकेडेमीले सन्यास गरेको हो ।
सात दशयकता राष्ट्रिय प्रतियोगितामा महिला एकल र युगलमा च्याम्पियन बनेका खेलाडीहरुलाई एकेडेमीले सम्मान गरेको हो । २००८ देखि २०७२ साल सम्म महिला एकल र युगलमा विजेता बनेका पूर्व खेलाडीलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेमा डा. रिता थापा, राजदेवी मानन्धर, रिता अधिकारी, विद्या भण्डारी थापा, विन्दा पौडेल सिंम्खडा, शिला केसी प्रधान, कल्पना राणा, शान्ति मानन्धर, रजनी जोशी, शुभ श्रेष्ठ, जयन्ती बस्नेत र अनुपमा मास्के छन् ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङलागयतले उनीहरुलाई सम्मान गरेको थियो । च्याम्पियन मध्ये रिता, सुमिना र मिरा राई देश बाहिर रहेका छन् । एकेडेमीका अनुसार रिता र सुमिना अमेरिका र मिरा जापान बस्दै आएका छन् ।

छायाँ र सरादेवी कार्यक्रममा उपस्थित थिएनन् । अर्की च्याम्पियन सुशिला वदनको मृत्यु भइसकेको छ । तीन पटक च्याम्पियन रहेकी रिता अधिकारी काठमाडौं ब्याडमिन्टनको अध्यक्ष र शान्ति मानन्धर सदस्य हुन् । खेलाडी उत्पादान गर्ने उद्देश्यका साथ एकेडेमी केहि महिना अघि बाट सञ्चालनमा आएको थियो ।

खेल पत्रकार सरिता सम्मानित
लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय सरिता श्रेष्ठ सोही अवसरमा सम्मानित भएकी छिन् । ऐकेडेमीले उनलाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो । डेढ दशक भन्दा लामो समयबाट खेल पत्रकारितामा संलग्न श्रेष्ठ एभिन्युजमा कार्यरत छिन् ।

श्रेष्ठले महिला र पुरुष बीचको विभेद खेलकुदमा पनि रहेकोले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिइन् । केहि महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला र पुरुष दुवैलाई समान तलब दिएर सकारात्मक सन्देश दिएको उल्लेख गर्दै अन्य संघले त्यसबाट सिक्नुपर्ने र सिक्दा कुनै संघ सानो नहुने बताइन् ।

Success

Thank you for your time.