default_image

7 years ago

April 24, 2017

उपाधि रक्षाको बाटोमा अघि बढ्दै संरक्षकभूषण

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता संरक्षकभूषण बज्राचार्य  सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि रक्षातर्फ एक कदम अघि बढेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले सोमबार तनुज अग्रवाललाई ६–० र ६–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे । त्यस्तै प्रणव खनाल, कुमार अधिकारी, दावा शेर्पा, अनिल शाही, सन्तोष खत्री, जितेन्द्र परियार र नवीन मगर […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता संरक्षकभूषण बज्राचार्य  सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि रक्षातर्फ एक कदम अघि बढेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले सोमबार तनुज अग्रवाललाई ६–० र ६–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरे ।

सिटिजन्स बैंक खुला टेनिसमा प्रतिस्पर्धा गर्दै विकास खड्का ।

त्यस्तै प्रणव खनाल, कुमार अधिकारी, दावा शेर्पा, अनिल शाही, सन्तोष खत्री, जितेन्द्र परियार र नवीन मगर पाँचौं संस्करणको सिटिजन्स बैंक खुला टेनिसको पुरुष सिंगल्सको क्वार्टफाइनलमा पुगेका छन् ।

प्रणवले विकासलाई ६–२ र ६–२ ले, कुमारीले कुवेहाङ चेम्जोङलाई ६–० र ६–०, दावाले अभिनव आचार्यलाई ६–० र ६–१ हराए । अनिल शाहीले सुब्रत बस्नेतलाई ६–१ र ६–१ ले, सन्तोषले प्रदीप खड्कालाई ६–४ र ६–४, जितेन्द्रले रञ्जन श्रेष्ठलाई ६–० र ६–० ले र नवीनले अदित सुवेदीलाई ७–५ र ६–० ले पराजित गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनामा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, आत्माराम कार्की, विजय महर्जन, निरज थापा, कमल भण्डारी, राजन पौडेल, सुबोध अधिकारी र राजु श्रेष्ठ क्वाटरफाइनलमा पुगे ।

मिक्स डबल्समा संरक्षक र मायांका राना, नवीन मगर र प्रेरणा कोइराला, शक्ति शर्मा र गंगा शर्मा तथा श्रीराम मगर र इरा रावतको जोडी सेमिफाइनलमा पुग्न सफल भए । पुरुष डबल्समा कुमार र जितेन्द्र, विकास खड्का र प्रदीप खड्का, सन्तोष खत्री र दावा शेर्पा तथा श्याम जिसी र अन्जन थिङको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा राजु श्रेष्ठ र हेमराज ढकाल, निरज थापा र गोपी भट्टराई, आत्माराम कार्की र मनोज अरोरा, छेवाङ लामा र मनोज शाह, कमल भण्डारी र महेश श्रेष्ठ तथा निरेश श्रेष्ठ र धर्मरत्न शाहीको जोडी क्वाटरफाइनलमा प्रवेश गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जित आत्मासात् गर्दै पृथ्वी थकाली, दिलिप सिंह र ज्ञानेन्द्र ताम्राकार क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठ, उत्तम बोगटी र हेमचन्द्र गुरुङ, काजी गुरुङ र करिम उल्हा मुस्लिम, प्रेम थापा र भूअरुण मल्ल, सञ्जय अमात्य र धर्मरत्न शाही, प्रताप मोक्तान र कृष्णराज घले, लोक गुरुङ र धरम लामिछाने तथा पृथ्वीमान गुरुङ र पदम गुरुङको जोडीले क्वाटरफाइनलमा स्थान पक्का गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले, धरम लामिछाने, प्रदीप शाह र विकास गुरुङ क्वाटरफाइनलमा पुगे ।

Success

Thank you for your time.