default_image

7 years ago

April 28, 2017

मायांका र संरक्षकभूषणको जोडीलाई मिक्स डबल्स उपाधि

काठमाडौं (काठमाडौं) – मायांका राणा र संरक्षकभूषण वज्राचार्यको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सको उपाधि जितेको छ । संरक्षक र मायांकाको जोडीले शुक्रबार भएको फाइनलमा इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]

56 views

0 Bookmark

काठमाडौं (काठमाडौं) – मायांका राणा र संरक्षकभूषण वज्राचार्यको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सको उपाधि जितेको छ । संरक्षक र मायांकाको जोडीले शुक्रबार भएको फाइनलमा इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्यो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान पुरुष सिंगल्समा प्रदीप शाहले दोहोरो उपाधि जिते । ५५ बर्ष माथिको फाइनलमा मनोज राणालाई ०–६, ६–३ र १०–६ ले हराएका प्रदीपले ४५ बर्षको माथि मनोजविक्रम शाहलाई ०–६, ६–२ र १०–८ पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी विजयी भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–० र ६–० ले हराए । कमलले ३५ बर्षमाथिको डबल्समा महेश श्रेष्ठ मिलेर अर्को उपाधि पनि हात पारे । कमल र महेशको जोडीले फाइनलमा छेवाङ लामा र मनोजविक्रम शाहको जोडीलाई ६–३ र ६–४ ले हरायो ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले पृथ्वीमान गुरुङ र राजेन्द्र घिमिरेको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै उपाधि जित्यो । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष÷महिला सिंगल्स र ४५ वर्षमाथि पुरुष डबल्सको फाइनल हुनेछ ।

Success

Thank you for your time.