default_image

7 years ago

May 15, 2017

नेपाली टिमको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गर्ल्स टोलीले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो । सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गर्ल्स टोलीले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ ।

प्रतियोगितामा सहभागी नेपाली टोली

सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो । सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे । डबल्समा सुभांगीलक्ष्मी शाह र ईशाश्रीको जोडीले जुबिन र समिनको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा हराए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत ब्वाइज सिंगल्समा नेपालका आरभ सम्राट हाडालाई श्रीलंकाका वेनुका किथ्नुलासंग ६–४ र ६–२ को सोझो सेटमा हारे । अर्को सिंगल्समा श्रीलंकाका विचिथ्या सरिन्दु निलाविरा विरुद्धको खेलमा नेपालका आर्यन गिरी ३–२ ले अगाडि छन् ।

ब्वाइजको समूह ‘बी’ कै अर्को लिगको सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले पाकिस्तानका विलाल असिमलाई ६–१ र ६–१ पन्छाए । अर्को सिंगल्समा पाकिस्तानका हमिद इस्रार र बंगलादेशका हसन माहादी अल्भेले १–१ सेट आफ्नो पक्षमा पारेका छन् । तेश्रो सेटमा हमिदले ४–२ को अग्रता बनाएका छन् ।

समूह ‘ए’ को ब्वाइज सिंगल्समा भुटानका थिन्ले दोर्जीले माल्दिभ्सका रउधक माउमुनलाई ६–१, ५–७ र ६–३ ले पाखा लगाए । समूह ‘बी’ को गल्र्स सिंगल्समा बंगलादेशकी सादिया अफ्रिनले भुटानकी युदेन कर्मा दोर्जीलाई ७–६ (६) र ६–३ ले हराइन् ।

प्रतियोगिताको पहिलो दिन वर्षाका कारण ५ खेल पूरै र ३ खेल आंशिक रुपमा प्रभावित भए । आंशिक रुपमा प्रभावित सबै खेल पुनः सकिएकै अवस्थाबाट खेलाइने छ ।

प्रतियोगताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले आईटीएफ निर्णायक प्रवीण नायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा सातै राष्ट्रको राष्ट्रिय धुन बजाइएको थियो ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० ब्वाइज र १७ गल्र्स गरी ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । पाकिस्तानबाट ब्वाइज खेलाडी मात्र सहभागी छन् । टिम स्पर्धामा एक राष्ट्रले २ सिंगल्स र १ डबल्स खेल्नु पर्ने हुन्छ ।

Success

Thank you for your time.