default_image

5 years ago

January 26, 2019

जोकोभिच विरुद्ध नाडाल: कस्ले जित्ला अष्ट्रेलियन ओपन उपाधि?

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ राफायल नाडाल भिड्दै छन् । खेल नेपाली समय अनुसार भोली दिउसोको २.१५ बजे सुरु हुने छ । यस फाइनल खेलले टेनिस इतिहासमा पनि निकै महत्त्व राख्ने छ । नाडालले उपाधि जिते उनको १८ औं ग्रान्ड […]

41 views

0 Bookmark

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ राफायल नाडाल भिड्दै छन् । खेल नेपाली समय अनुसार भोली दिउसोको २.१५ बजे सुरु हुने छ ।

यस फाइनल खेलले टेनिस इतिहासमा पनि निकै महत्त्व राख्ने छ । नाडालले उपाधि जिते उनको १८ औं ग्रान्ड स्लाम जित हुने छ र नाडाल २० उपाधि जितेका रोजर फेडेररको किर्तिमानको नजिक पुग्ने छन् ।

त्यस्तै जोकोभिच आफ्नो १५ औं ग्रान्ड स्लामका लागि खेल्दै छन् । सो उपलब्धि हात पार्न सके जोकोभिच पिट साम्प्रासलाई उछिन्दै तेस्रो स्थानमा पुग्ने थिए । फेडेरर र नाडालभन्दा कान्छा रहेका जोकोभिच अझै ४-५ वर्ष सक्रिय हुने अनुमान गरिएको छ ।

भोलिको फाइनल जित्न सके जोकोभिचले सातौं अष्ट्रेलियन ओपन उपाधि हात पार्दै ६ वटै उपाधि जितेका फेडेररलाई उछिन्ने थिए । नाडालले भने अहिलेसम्म केवल एक पटक मात्र अष्ट्रेलियन ओपन जितेका छन् ।

जोकोभिचले प्रतियोगिताभरी केवल दुई सेट गुमाएका छन् । सेमिफाइनलमा फ्रान्सका लुकास पौलिलाई ६-०, ६-२, ६-२ को नमिठो हारको स्वाद दिंदै उनले फाइनलको यात्रा तय गरेका हुन् । अर्को तर्फ, नाडालले भने १ सेट पनि गुमाएका छैनन् । चौथो चरणमा फेडेररलाई हराएका स्टेफानो सिसिपासमाथि नाडालले सेमिफाइनलमा ६-२, ६-४, ६-० को फराकिलो जित दर्ता गरेका थिए ।

सन् २०१२ को अष्ट्रेलियन ओपनको फाइनलमा पनि नाडाल र जोकोभिच भिडेका थिए । ५ घन्टा ५३ मिनेट लामो सो खेललाई प्रतियोगिताकै इतिहासमा सम्झनलायक खेलको रुपमा लिइन्छ जुन खेलमा जोकोभिच विजयी भएका थिए । यस पटक पनि खेल उत्तिकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

ग्रान्ड स्लामहरुमा हेर्ने भए यी दुई खेलाडी १४ पटक भिड्दा नाडाल ९ पटक र जोकोभिच ५ पटक विजयी भएका छन् तर समग्रमा भने जोकोभिचले नाडालविरुद्ध २७ खेल जितेका छन् र नाडालले जोकोभिचसंग २५ खेल जितेका छन् ।

भोलिको पुरुषतर्फको अष्ट्रेलियन ओपनको उपाधि कस्ले जित्ला?

Success

Thank you for your time.