default_image

5 years ago

April 11, 2019

लनटेनिस : आर्मी र एपीएफलाई स्वर्ण

बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिसमा शुक्रबार टिम इभेन्टतर्फ दुई स्वर्णको टुंगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा आर्मी र एपीएफले १–१ स्वर्ण हात पारेका छन् । टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन् । पुरुष टिम ईभेन्टमा एपीएफले आर्मीलाई ३–० […]

46 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिसमा शुक्रबार टिम इभेन्टतर्फ दुई स्वर्णको टुंगो लागेको छ ।

देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा आर्मी र एपीएफले १–१ स्वर्ण हात पारेका छन् । टिम ईभेन्टतर्फको महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेका हुन् ।

पुरुष टिम ईभेन्टमा एपीएफले आर्मीलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश नं.४ र एनआरएनको टोली तेस्रो भए । यसैगरि महिला टिम ईभेन्टतर्फ आर्मीले एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश ३ र प्रदेश ४ ले तेस्रो स्थान हासिल गरे ।

पुरुष एकलतर्फ भिष्म काउचाले सन्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरे । यसैगरि संरक्षकभुषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए । यसैगरि नविन मगरले ईवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे । अर्को खेलमा संम्यक भुषण बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा पुगे ।

महिला एकलमा प्रेरणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरिन् । यसैगरि रायना शाहले श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा स्थान बनाइन् ।

पुरुष डबल्सतर्फको खेलमा राम बहादुर बिक र शेषमणी चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जिसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका छन । यसैगरि चन्द्र थापा र विकास खड्काको जोडीले कृष्ण गोबिन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे । यसैगरि संरक्षक भुषण बज्राचार्य र अमृत पौडेलको जोडीले भिष्म काउचा र संजय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

मिक्स डबल्सतर्फको खेलमा अनिल शाही र गंगा शर्माको जोडीले आत्माराम कार्की र ईन्द्रकला श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरे । प्रणव खनाल र अभिलाष विष्टको जोडीले गोबिन्द नेपाली र विमला बस्यालको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । यसैगरि आईभन लिसानोभिच र अस्लेशा लिसानोबिचको जोडीले निशान्त श्रेष्ठ र अल्सा रेग्मी ६–३, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनल पुगे ।

प्रतियोगिताअन्तर्गत रुपन्देहीमा पुरुष र महिला गरि सात वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा प्रदेश ३, ४, ५, नेपाली सेना, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र एनआरएनका २८ पुरुष र १५ महिला खेलाडीहरु सहभागि रहेका छन । प्रतियोगिता वैशाख २ गतेसम्म चल्ने छ ।

Success

Thank you for your time.