default_image

9 years ago

April 20, 2017

शीरिष फाउन्डेसनले खेलाडीलाई छात्रबृति दिने

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङको अध्यक्षतामा स्थापना भएको शिरिष फाउन्डेसनले पहिलो चरणमा केही किशोर खेलाडीलाई दीर्घकालिन खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ । दर्ता प्रक्रिया पुरा भएपनि औपचारिक उद्घाटनमार्फत फाउन्डेसन स्थापनाको जानकारी दिने तयारी गरिरहेको फाउन्डेनसले छात्रवृतिका लागि प्रक्रिया भने थालिसकेको छ ।

ओलम्पियन पौडी खेलाडी शीरिष गुरुङ

फाउन्डेसनले आफ्ना योजनावारे छलफल गरी सुझाव संकलन तथा खेलाडी छनोटको आह्वानका लागि आज विभिन्न १५ खेलका संघका अध्यक्ष तथा मुख्य प्रशिक्षकहरुसँग छुट्टाछुट्टै छलफल गरेको छ । छलफलमा एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

फाउन्डेसनले पहिलो पटक छनोट गरिएका खेलाडीको संख्या, नाम र थप विवरण फाउन्डेसन उद्घाटनका अवसरमा सार्वजनिक गर्ने फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जानकारी दिएका छन् । नेपालमा संस्थागत रुपमा खेलिने ओलम्पिक खेलमध्ये १५ खेलका राष्ट्रिय संघ र मुख्य प्रशिक्षक तथा खेल विज्ञहरुले छानेका खेलाडीलाई यस्तो छात्रवृत्ति प्रदान गरिनेछ फाउन्डेसनको योजना रहेको बताइएको छ ।

छात्रवृत्तिका लागि खेलाडी चयन गर्दा सकेसम्म १० देखि १४ वर्ष उमेरकालाई प्राथमिकता दिइनेछ । असाधारण प्रतिभा भएमात्र छनोटका हकमा भने उमेर हद नलाग्ने बताइएको छ । खेलाडीमा भएको क्षमता, उसको पारिवारिक अवस्था हेरेर शारिरिक विकासको अनुमान समेत लगाएर खेलाडी छनोटको आधार तयार गरिने जनाइएको छ । छनोट गरिएका खेलाडीलाई नियमित रुपमा उच्चस्तरको प्रशिक्षण दिइनुका साथै वसोवास, यातायात, खेलसामाग्री, नियमित स्वास्थ्यउपचार र अध्ययनको प्रबन्ध फाउन्डेसनले मिलाउने जनाइएको छ ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.