8 years ago
August 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– डेढ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणतर्फ रहेको खाली जग्गामा निर्माण गर्न लागिएको हिटिङ पुलको सिलान्यास युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरे ।
दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईं रहने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । को हुनेछ । साढे ३३ करोड रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको पुलको हातामा तीन वटा मुख्य ब्लक, कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ बताइएको छ । कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ । त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्गलगायत निर्माण गरिने जनाइएको छ ।
सिलान्यासपछि बोल्दै मन्त्री केसीले बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो विषय भउको उल्लेख गर्दै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राखेप र संघलाई निर्देशन पनि दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसंग सम्झौता भएको जनाए । विष्टले संघको २५÷३० वर्षदेखिको अभियानले गति लिन थालेको बताए । सदस्य सचिव विष्टले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिदै भने, ‘ पूर्वाधारका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) रोकिदैन, अन्य पूर्वाधारहरु पूरा हुने क्रममा र केहि बन्ने क्रममा छन् । ’
विष्टले सागलाई नै लक्षित गरेर अउडिटोरेयिम, मिडिया सेन्टरलगायतका पूर्वाधार बन्ने क्रममा रहेको र रंगशालाको मर्मत सम्भार पनि चाँडै पूरा गरिने दोहोराए । ‘अरु कारणले रोकियो भने थाहा भएन । तर पूर्वाधारकै कारणले साग रोकिन्न । रंगाशालालाई मात्र देखाएर केहि भाको छैन भन्न मिल्दै ।’ सदस्य–सचिव विष्टले भने– ‘कराते र तेक्वान्दो हल निर्माण पूरा हुने क्रममा छन् ।
पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले हिटिङ पुलको निर्माणले खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने भएकाले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्न धारणा व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय निकायबाट पनि २५ बाई २५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने आश्वासन प्राप्त भएको जानकारी गराउदै पौडी संघको वर्षौंदेखिको सपना साकार हुन लागेको बताए ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]