default_image

8 years ago

August 17, 2017

ओलम्पियन गौरिकाले राखिन दुई राष्ट्रिय कीर्तिमान

222 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले बिहिबारबाट शुरु भएको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । गौरिकाले महिला २०० मिटर फ्रिस्टाइल र महिला ५० मिटर बटरफ्लाईमा नयाँ कीर्तिमान बनाएकी हुन् ।

Gaurika

दुवै विधामा नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले सोफिया शाहले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । त्रिभुवन आर्मी क्लबबाट पहिलो पटक प्रतिनिधित्व गरेकी गौरिका सिंहले २०० मिटर फ्रिस्टाइलमा २ मिनेट ११ दशमलव ९४ सेकेण्डका साथ नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यो विधामा सोफिया शाहले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा २ मिनेट १३ दशमलव ३२ सेकेण्डका साथ कीर्तिमान बनाएकी थिइन्  ।

यस्तै ५० मिटर बटरफ्लाईमा गौरिकाले हिट चरणमा २९.४० सकेण्डका साथ नयाँ कीर्तिमान आफ्नो नाममा लेखाइन् । फाइनल चरणमा भने गौरिकाले २९.७८ सेकेण्डको समय निकालिन् । यसअघि यो कीर्तिमान सोफिया शाहले काठमाडौंमा सन् २०१५ मा भएको सातौ राष्ट्रिय खेलकुदमा ३२.०६ सेकेण्डका साथ आफ्नो नाममा लेखाएकी थिईन् ।

यस्तै नेपाल एपिएफ क्लबकी दुआना लामाले महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ कीर्तिमान बनाइन् । दुआनाले सन् २००६ को कोलोम्बो सागमा विविधिा रिमालले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । उनले हिट चरणमा ३ मिनेट ७ दशमलव २२ सेकेण्डका साथ नयाँ कीर्तिमान बनाएकी हुन् । यो इभेन्टमा विविधाले ३ मिनेट १२ दशमलव ८५ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

Swimming

तस्बिर : राखेप

पुरुषतर्फको २०० मिटर ब्रेस्टस्ट्रोकमा नेपाल एपिएफ क्लबका शुभम श्रेष्ठ र मध्यमाञ्चलका किरण कार्कीले नयाँ कीर्तिमान बनाए । शुभमले सन् २०१६ मा कोलोम्बोमा भएको दक्षिण एसियाली क्वाटिक च्याम्पियनसिपमा आफैले राखेको कीर्तिमान भंग गरेका हुन् । किरणले पनि शुभमकै कीर्तिमानलाई भंग गरेका हुन् । आफ्नै नामको कीर्तिमान भंग गर्ने क्रममा शुभमले २ मिनेट ३६ दशमलव ७५ सेकेण्डको समय निकाले । शुभमले कोलोम्बोमा राखेको २ मिनेट ४२ दशमलव ६२ सेकेण्डको समयमा किरणले ५९ मिलि सेकेण्डको सुधार गरेका हुन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.