default_image

8 years ago

August 18, 2017

ओलम्पियन गौरिकाको थप तीन राष्ट्रिय कीर्तिमान

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

५० मिटर फ्रिस्टाइल फाइनल चरणमा अग्रतामा गौरिका ।

बिहिबार दुई इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन अर्थात शुक्रबार १०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाईं र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै प्रतियोगितामा पाँच राष्ट्रिय कीर्तिमान बनाईन् ।

१०० मिटर फ्रिस्टाइलमा गौरिकाले हिट चरणमा १ मिनेट ० दशमलव ७९ सेकेण्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् । फाइनल चरणमा भने गौरिकाले १ मिनेट २ दशमलव ३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् । यसअघि यो कीर्तिमान दुवईंमा सन् २०१६ मा भएको आइरिस ओपन च्याम्पियनसिपमा १ मिनेट १ दशमलव ७८ सेकेण्डका साथ गौरिकाको नाममा थियो ।

यस्तै कान्छी ओलम्पियन गौरिकाले १०० मिटर बटरफ्लाईमा १२ औं सागमा आफैंले राखेको कीर्तिमान भंग गरिन् । उनले १ मिनेट ७ दशमलव ६९ सेकेण्डको समय निकालिन् । १२ औं सागमा गौरिकाकै नाममा १ मिनेट १० दशमलव ९४ सेकेण्डको समय थियो ।

५० मिटर फ्रिस्टाइलमा गौरिकाले १२ औं सागमा सोफिया शाहले राखेको कीर्तिमान भंग गरिन् । उनले हिट चरणमा २८ दशमलव ९ सेकेण्डका साथ कीर्तिमान बनाएकी हुन् ।
फाइनल चरणमा गौरिकाले २८ दशमलव ५० सेकेण्डको समय निकालिन् । यसअघि सोफियाले १२ औं सागमा २८ दशमलव ८५ सेकेण्डका साथ कीर्तिमान बनाएकी थिइन् ।

पुरुषतर्फ नेपाल एपिएफ क्लबका शुभम श्रेष्ठले प्रतियोगिताको अन्तिम दिन १०० मिटर ब्रिष्ट स्ट्रोक र ५० मिटर ब्रिष्टस्ट्रोकमा नयाँ कीर्तिमान बनाए । शुभमले आफैले हंगेरीको बुढापेष्टमा भएको १७ औं फिना च्याम्पियनसिपमा राखेको १ मिनेट ११ दशमलव ३४ सेकेण्डको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा शुभमले १ मिनेट ११ दशमल २४ सेकेण्डको समय निकाले ।

उस्तै शुभमले ५० मिटर ब्रिष्टस्ट्रोकमा मध्यमाञ्चलका किरण कार्कीले सन २०१६ मा भएको २१ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको कीर्तिमान भंग गरेका हुन् । शुभमले हिटर चरणमा ३२ दशमलव ४० सेकेण्डका साथ कीर्तिमान बनाए । यसअघि किरणले ३३ दशमलव ४५ सेकेण्डका साथ कीर्तिमान बनाएको थियो ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.