default_image

7 years ago

September 5, 2017

कसले जित्ला पिपुल्स च्वाइस अवार्ड ?

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ ।

people choice

माथि बाँयाबाट क्रमश: गौरिका सिंह, फुपू ल्हामु खत्री र कान्छीमाया कोजु । तल बाँयाबाट क्रमश : दीपेन्द्र सिंह ऐरी, सुजल श्रेष्ठ ।

एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स च्वाइसको आफ्नो खेल क्षेत्रमा बेग्लै प्रतिष्ठा रहेको छ । विगतमा यस अवार्डलाई वर्षका चर्चित खेलाडीको रुपमा पनि समावेश गरिएको थियो । त्यसमा भलिबल सबै भन्दा सफल रहँदै आएको छ । भलिबलका मञ्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकारले यो अवार्ड जितेका थिए । त्यस्तै फुटबलका जुमनु राई र गत वर्ष टेबलटेनिसकी नबिता श्रेष्ठले यो अवार्ड जितेका थिए ।

यस पटक पल्सर स्पोर्टस अवार्ड २०७३ अन्तर्गत पिपुल्स च्वाइस अवार्डका लागि मञ्चले १४ वर्षीय स्वीमर गौरिका सिंह, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, लामो दूरीकी धाविका कान्छीमाया कोजु, फुटबल खेलाडी सुजल श्रेष्ठ र जुडोकी फुपू ल्हामु खत्री मनोनयनमा राखेको छ । यी पाँचै खेलाडी आ—आफ्ना क्षेत्रमा उत्कृष्ट त छन् नै त्यत्तिकै चर्चित पनि छन् । त्यसैले भदौ २६ गते प्रज्ञा प्रतिष्ठामा हुने समारोहमा कसले सर्वाधिक भोट ल्याउछ भन्न अनुमान गर्न सजिलो छैन ।

पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्ने खेलाडी यस्ता छन्

गौरिका सिंह (पौडी)

गौरिकाले ११ वर्षको छंदा नै नेपाली पौडीमा तहल्का मच्चाएकी थिइन् । नेपाली खेलकुदकै यी सनसनीपूर्ण खेलाडीले गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । ओलम्पिकमा सहभागी ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेर (१३ वर्ष २ सय ५५ दिन) की भएकाले उनी विश्वका चर्चित् मिडियाहरूमा छाएकी थिइन् । उनले तीन वर्षे स्वीमिङ करिअरमा ३० व्यक्तिगत र ३ रिले (टिम स्पर्धा) गरी कुल ३३ पल्ट राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् ।

दीपेन्द्र सिंह ऐरी (क्रिकेट)

दीपेन्द्र नेपाली क्रिकेटको नयाँ पुस्ताका उत्कृष्ट प्रतिभा हुन् । उनी बंगलादेशमा भएको आईसीसी यू १९ विश्वकपमार्फत् उत्कृष्ट अलराउन्डरका रुपमा अगाडि आएका हुन् । उनका लागि २०७३ साल शानदार रह्यो किनभने उनले यस वर्ष नेपाली क्रिकेटमै सर्बाधिक ३ सय ५७ रन बनाए । उनले २ सय ११ रन राष्ट्रिय टिमबाट खेल्दा बनाएका थिए ।

उनले चार अर्धशतक प्रहार गरे । सर्वाधिक ९० रन श्रीलंकाविरुद्ध एसीसी यू १९ एसिया कपमा बनाए । राष्ट्रिय टिमका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन जोडेका थिए ।

कान्छीमाया कोजु (एथलेटिक्स)

लामो दूरीको दौडमा २०७३ सालमा कान्छीमायाले राज गरेकी थिइन् । उनले काठमाडौं म्याराथनको उपाधि जित्ने क्रममा २ घन्टा ५५ मिनेट ५७ सेकेन्डसाथ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

उनले हाफ म्याराथनमा पनि राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा १ घन्टा १८ मिनेट २५ सेकेन्डसाथ पिंकाथन हाफ म्याराथनमा स्वर्णपदक कब्जा गरेकी थिइन् । अन्य चार हाफ म्याराथनमा पनि पहिलो भएकी उनले सातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक जितेकी थिइन् ।

फुपू ल्हामु खत्री (जुडो)

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दै उत्कृष्ट महिला खेलाडी २०७२ को अवार्ड चुमेकी फुपू ल्हामले गत वर्ष रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन् । उनी जुडोमा पूरा चार मिनेट ओलम्पिक खेल्ने पहिलो नेपाली भएकी थिइन् ।

२२ वर्षीय उनले कोचीमा भएको १७ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्यपदक पनि हात पारेकी थिइन् । उनी सातौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता पनि हुन् । घरेलु प्रतियोगितामा उनको सामना गर्न अरु खेलाडी डराउने गर्छन् ।

सुजल श्रेष्ठ (फुटबल)

शारीरिक रुपमा बलिया र स्किलफुल फुटबलर हुन्, सुजल । राष्ट्रिय टिममा पुनरागमन गर्ने क्रममा उनले नेपाललाई मलेसियामा भएको एएफसी सोलिडारिटी कपमा च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए । उनले मकाउविरुद्ध फाइनलको एकमात्र गोल गरेपछि नेपालले अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि हात पारेको थियो ।

यही सफलताको आधारमा नेपालले अहिले एसियन कप छनोट खेलिरहेको छ । उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा घरेलु फुटबलमा मनाङ मस्र्याङदी क्लबले दुहबी गोल्डकप, खप्तड गोल्डकप, आहा—रारा गोल्डकप र झापा गोल्डकपको उपाधि जितेको थियो । उनी दुहबीमा सर्बोत्कृष्ट खेलाडी र आहा—रारामा उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए ।

पल्सर स्पोर्टस् अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयन यस प्रकार छ ।

मनोनयनमा पर्न सफल खेलाडी भोटिङ कोड

१ दीपेन्द्र सिंह ऐरी, क्रिकेट DA

२ गौरिका सिंह, पौडी GS

३ कान्छीमाया कोजु, एथलेटिक्स KK

४ फुपू ल्हामु खत्री, जुडो PK

५ सुजल श्रेष्ठ, फुटबल SS

For Dipendra Singh Airee (Type Pulsar DA and send SMS to 33131)
For Gaurika Singh (Type Pulsar GS and send SMS to 33131)
For Kanchhimaya Koju (Type Pulsar KK and send SMS to 33131)
For Phupu Lhamu Khatri (Type Pulsar PK and send SMS to 33131)
For Sujal Shrestha (Type Pulsar SS and send SMS to 33131)

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

Success

Thank you for your time.