default_image

8 years ago

September 14, 2017

एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपाल ८ खेलमा भाग लिने

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँसमा आफ्ना खेलाडी उतार्नेछ । प्रतियोगितामा नेपालबाट १८ खेलाडीसहित प्रशिक्षक तथा पदाधिकारी गरी २७ सदस्यीय टोली तुर्केमिनिस्तान जाने बताइएको छ । तेक्वान्दोबाट निमा गुरुङ र बिरबहादुर महराले प्रतिस्पर्धा गर्दा चेसमा मोनालिसा खम्बु र मदन कृष्ण कायस्थले प्रतिस्पर्धा गर्नेछन् ।

पौडीमा ओलम्पियन शिरिष गुरुङ र निहारिका तन्डुकार, मुवा थाईमा नवराज गुरुङ, भारोत्तोलनमा कमला श्रेष्ठ र प्रकाश केसी र कुराँसबाट अस्मिला छन्त्याल, दिपक छन्त्याल र जयन्ती श्रेष्ठ रहेका छन् । त्यस्तै बास्केटबलमा अशिम श्रेष्ठ, विक्रम जोशी, विजय बुर्जा र सौरभ श्रेष्ठ छन् ।

नेपाली टोलीको प्रशिक्षकहरुमा तेक्वान्दोबाट हरिहर प्रसाद पाण्डे, बास्केटबलबाट दिनेश चन्द्र नकर्मी, भारोत्तोलनबाट जगदीश प्रसाद प्रधान, किक बक्सिङबाट रञ्जन कुमार भुजेल छन् । यस्तै चेसको टिम म्यानेजर धराम बहादुर लामा, कुराँसबाट प्रतिक्षा खरेल र पौडीबाट मुकुन्दराज शर्मा रहेका छन् ।
नेपाली टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव केशव कुमार बिष्ट रहेका छन् । यस्तै प्रतियोगिताको उद्घाटनको मार्च पासमा नेपालको नेतृत्व तेक्वान्दोकी निमा गुरुङले गर्नेछिन् । यस्तै प्रतियोगिताको दौरान एसियन ओलम्पिक काउन्सिलको बैठकमा उपस्थिति जनाउन नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष श्रेष्ठसहितको एक टोलि पनि त्यसतर्फ जाने भएको छ ।

उक्त ओलम्पिक काउन्सिलको बैठकमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुदबारे छलफल र खेलकुदमा समावेश गराइने खेलहरुको तय हुने एनओसीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिहिबार एनओसीले विदाइ गरेको छ । नेपाली टोलीलाई एनओसी अध्यक्ष श्रेष्ठ, राखेप सदस्य सचिव विष्टलगायतले शुभकामना दिएका थिए ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.