8 years ago
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो ।
यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् । एसियाली इन्डोर गेम्समा सहभागी हुन तुर्किमिनिस्तान जाने तयारीमा रहेका शिरीषले भविष्यमा पनि पामलाई सहयोग गर्दै जाने बताए ।
पाममा कैदीबन्दीका सन्तान २६ बालबालिका बसोबास गरिरहेका छन् । नियमित अध्ययनसँगै जुडो खेल्ने उनीहरूको दैनिकी हो । सूर्यनारायण श्रेष्ठले आठ वर्षयता उनीहरूलाई जुडो प्रशिक्षण दिइरहेका छन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेकी मनिता श्रेष्ठ प्रधान र कांस्यपदक विजेता इन्द्रबहादुर श्रेष्ठ पामकै उत्पादन हुन् ।
उनीहरूसँगै सुदेश दोङ र देवकी श्रेष्ठ पनि राष्ट्रिय स्तरका च्याम्पियन हुन् । मनिता यहि साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डकी वर्षको उत्कृष्ट युवा खेलाडी विजेता पनि हुन् । सोही अवार्डमा पाम स्पेशल अवार्डबाट सम्मानित भएको थियो ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]