default_image

8 years ago

September 18, 2017

पौडीमा एकै दिन पाँच राष्ट्रिय कीर्तिमान

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यस्तै महिलातर्फ लिंकन स्कुलकी टिसा शाक्यले नयाँ राष्ट्रिय कीर्तिमान राखिन् ।

swimming main

तस्विर : विवेक सुवेदी

ओलम्पियन शिरिषले १ सय मिटर फ्रिस्टाइलमा ५७.६९ सेकेण्डका साथ आफ्नै कीर्तिमान भंग गरेका हुन् । उनले गत वर्ष रियो ओलम्पिकमा शिरिषले ५७.७६ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

अनुभवले ५० मिटर बटरफ्लाईमा २८.२५ सेकेण्डको समय निकाल्दै आफ्नै राष्ट्रिय भंग गरेर नयाँ बनाएका हुन् । हंगेरीमा भएको १७ औं फिना च्याम्पियनसिपमा अनुभवले २८.२६ सेकेण्डको समय निकालेका थिए ।

शुभमले ५० मिटर ब्रेष्टस्टोकमा २० औं पौडी च्याम्पियनसिपमा आफैले राखेको ३२.४० सेकेण्ड समयलाई सुधार गर्दै ३२.१९ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

लिंकनका एलेक्सजेण्डरले १ सय मिटर ब्याकस्ट्रोकमा शिरिषले राखेको १ मिनेट १२ सेकेण्डको समयलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । एलेक्सजेण्डरले १ मिनेट १०.९३ सेकेण्डको कीर्तिमान बनाए ।

टिसा शाक्यले १ सय मिटर ब्रेष्टस्ट्रोकमा १ मिनेट २५.८२ सेकेण्डका साथ आफ्नै कीर्तिमान भंग गरिन् । उनले छैटौ फिना जुनियर च्याम्पियनसिप २०१६ मा आफैले राखेको १ मिनेट २६.०१ सेकेण्डको कीर्तिमान तोडेकी छिन् ।

नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्य राखिएको प्रतियोगितामा खुल्ला तर्फ २६ र उमेर समुहमा ३३ गरी कुल ५९ वटा इभेन्ट्स समावेश गरिएको नेपाल पौडी संघले जनाएको छ । दुई दिने प्रतियोगितामा १ सय ८४ खेलाडीमा सहभागी छन् । पुरुषतर्फ १ सय १२ र महिलामा ७२ खेलाडीले भाग लिएको प्रतियोगिता मंगलबार सकिनेछ ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.