8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सातौं एनएसए कप पौडी प्रतियोगिताको खुलातर्फ टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य पदकबाट प्राप्त समग्र अंकका आधारमा विजेताको घोषणा हुने आयोजक नेपाल पौडी संघले जनाएको छ । आर्मी (७४) च्याम्पियन बनेको खुलातर्फ नेपाल एपिएफ क्लब (२७) दोस्रो तथा प्याराडाइज स्कुल (२) तेस्रो बन्यो । खुलामा ४ क्लबको सहभागिता थियो ।
तस्बिरहरु : विवेक सुवेदी/ हाम्रो खेलकुद
त्यस्तै उमेर समूहतर्फ भने लिंकन स्कुल च्याम्पियन बन्यो । लिंकनले ६३ , दोस्रो निर्सग बाटिकाले ४७ र तेस्रो प्रिमियर स्कुलले ४१ अंक बटुलेका थिए । उमेर समूहमा ३५ विद्यालयको सहभागिता थियो । आज सम्पन्न दुई दिने प्रतियोगितामा ओलम्पियन समेत रहेका आर्मीका शिरिष गुरुङ पुरुषतर्फ र लिंकनकी टिसा शाक्य उत्कृष्ट खेलाडी घोषित भईन् ।
शिरिषले अन्तिम दिन आज दुई राष्ट्रिय कीर्तिमान राखेका छन् । सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको शिरिषले ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । अघिल्लो दिन उनले १ सय मिटर फ्रिस्टाइलमा ५७.६९ सेकेण्डको नयाँ कीर्तिमान राखेका थिए ।
आज ५० मिटर ब्याकस्ट्रोकमा शिरिषले हिट चरणमा ३१.७८ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान शिरिषको आफ्नै नाममा थियो । शिरिषले सन् २०१६ मा २१ औं राष्ट्रिय पौडी च्याम्पियसिपमा ३१.९८ सेकेण्डको समय कीर्तिमान थियो ।
फाइनल चरणका भने यो स्पर्धामा लिंकन कलेजका एलेक्सजेण्डर शाह ३२.२८ सेकेण्डका साथ पहिलो, आर्मीका अनुभव सुब्बा ३३.६० सेकेण्डका साथ दोस्रो, आर्मीकै दिलिप थापामगर ३५.८८ सेकेण्डका साथ तेस्रो भए । फाइनल चरणमा शिरिष ४३.७२ सेकेण्डका साथ छैटौ स्थानमा रहे ।
यस्तै शिरिषले ५० मिटर फ्रिस्टाइलमा एलेक्सजेण्डर शाहले सन् २०१७ मा छैटौ फिना जुनियर च्याम्पियनसिपमा राखेको कीर्तिमान आफ्नो नाममा लेखाए । ५० मिटर फ्रिस्टाइलको हिट चरणमा शिरिषले २५.२५ सेकेण्डका साथ नयाँ कीर्तिमा बनाए । एलेक्सजेण्डरले २६.१८ सेकेण्डको समय निकालेका थिए ।
प्रतियोगिताको पहिलो दिन पाँच राष्ट्रिय कीर्तिमान बनेको थियो । आर्मीाका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यस्तै महिलातर्फ लिंकन स्कुलकै टिसा शाक्यले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिईन् ।
राष्ट्रिय कीर्तिमान कायम गरेका ४ खेलाडीहरुले जनही ५–५ हजार प्राप्त गरे । तीन राष्ट्रिय कीर्तिमान बनाएको शिरिषले १५ हजार प्राप्त गरे । नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्य राखिएको प्रतियोगितामा खुल्ला तर्फ २६ र उमेर समुहमा ३३ गरी कुल ५९ वटा इभेन्ट्स समावेश गरिएको छ । यि सबै खेलमा पुरुषतर्पm १ सय १२ र महिला खेलाडीको संख्या ७२ गरी कुल १ सय ८४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]