7 years ago
August 22, 2018
दीपक न्यौपाने
जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गत बुुधबार भएको २०० मिटर फ्रिस्टाईल पौडीतर्फ गौरीका सिंह हिट चरणबाट बाहिरिएकी छन् । आफ्नो फेवरेट सपर्धामा उनले २ मिनेट १२ः५३ सेकेन्डमा दुुरी पुुरा गरिन् ।

यो स्पर्धामा उनकै नाममा २ मिनेट ०९ः१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । हिट १ मा उनी सातौं स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२. ३२ सेकेन्डले पछि परिन् । गौरिका १०० मिटर फ्रिस्टाईलको पनि हिट चरणबाटै बाहिरी सकेका छन् ।
अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टाईमा प्रतिस्पर्धा गर्नेछिन् । बुुधबार विहान नै भएको अर्काे स्पर्धामा शुुभम श्रेष्ठले पुुरुष १०० मिटर बेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका थिए । हिट १मा रहेका शुुभमले १ मिनेट ११.३७ सेकेन्डमा दुुरी पार गरे । अब उनले पुुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा शुुक्रबार प्रतिस्पर्धा गर्दैछन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]