default_image

7 years ago

April 21, 2019

गौरिका र शुभमको कीर्तिमान

264 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज रंगशाला परिसरमा १५ करोड रुपैयाँ लगानी गर्दा पनि पौडी पोखरी तयार हुन नसकेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पौडी प्रतियोगिता स्थानीय होटलको पुलमा आजबाट सुरु भएको छ ।

नेपालगन्जस्थित सिगनेट होटलको सुरु भएको प्रतियोगितामा गेरिका सिंह र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २५ मिटरको पुलमा खेलाइएको कारण सबै कीर्तिमान सर्ट कोर्स रेकर्ड हुन । स्टार पौडी खेलाडी गौरिकाले दुइ सय मिटर ब्याकस्ट्रोकको हिट्समा आफ्नै नाममा रहेको किर्तिमान सुधार गरिन् । यसअघि उनको नाममा ३१ दशमलव ३१ सेकेन्डको रेकर्ड रहेको थियो । पुरुष १ सय मिटर ब्रेष्टस्ट्रोकको हिट्समा शुभमले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले पनि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् ।

महिला आठ सय मिटर फ्रि स्टाइलमा गौरिकाले नेपालको लागि नयाँ किर्तिमान बनाइन् । आर्मीकी खेलाडी गौरिकाले नौ‌ मिनेट ३९ दशमलव २२ सेकेन्डमा दुरी तय गर्दै जारी राष्ट्रिय पौडी प्रतियोगिताकै पहिलो स्वर्ण जितिन् । सेनाकै उपास्ती महर्जनले रजत र प्रहरीकी समिरा शोभा थापाले कास्य प्राप्त गरे। पुरुष आठ सय मिटरमा एनआरएनका नाथन दोर्जी शेर्पाले स्वर्ण जिते । उनले नौ मिनेट १७ सेकेन्डमा पुरा गरे।

एपीएफका नासिर हुसेन दोस्रो र एपीएफकै उर्गेन महर्जन तेस्रो भए । यसैगरी ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ गुरुङले स्वर्ण जिते । ११ टिमका १ सय ३२ खेलाडीले कुल ३४ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछन् ।

निर्माणाधीन पौडी पोखरी खेल आयोजना गर्न उचित नभएपछि अन्तिम समयमा होटेलमा खेलाइएको थियो । पौडी प्रतियोगिता गर्ने भनेर पछिल्लो समय १५ करोड र दश वर्ष देखि कुल २३ करोड खर्चिएको नेपालगन्ज पौडी पोखरी अझै लथालिङ्ग रहेको छ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.