default_image

7 years ago

April 21, 2019

‘आठौंको लक्ष्य कीर्तिमान, सागमा चैं स्वर्ण’ – गौरिका सिंह

294 views

0 Bookmark

प्रकाश तिमल्सिना, नेपालगन्ज

सानै उमेरमा नेपालका लागि ओलम्पिक खेलिसकेकी गौरिका सिंहले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् । परिवारका साथ बेलायतमा बस्दै आएकी गौरिका आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेल्नका लागि यति बेला नेपालगन्जमा छिन् ।

पहिलो दिन नै दुई स्वर्ण पदक जित्दै आफ्नो पहिलो राष्ट्रिय खेलकुद सहभागितालाई उनले यादगार बनाउने संकेत देखाएकी छिन् । यसअघि पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा पनि उनी सहभागी हुने तयारीमा थिइन् । तर, पटक पटक पौडी प्रतियोगिताको मिति सरेपछि उनले भाग लिइनन् । देशका विभिन्न क्षेत्रमा राष्ट्रिय खेलकुद आयोजना हुँदा पूर्वाधार कमीका कारण पौडी भने राजधानीमै हुने गर्थ्यो । यसपाली पहिलो पटक पौडी राजधानी बाहिर आयोजना भएको हो ।

विगतझैं यसपाली पनि पटक-पटक मिति तोकिएर राष्ट्रिय खेलकुद सर्यो । तर, उनलाई त्यसले प्रभाव पारेन । आठौंमा भाग लिन उनी बेलायतदेखि नेपालगन्ज आइपुगेकी हुन् । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता आयोजना गर्ने लक्ष्यसहित तयार गर्न खोजेको नेपालगन्ज पौडी पोखरी पूर्ण रुपमा तयार नहुँदा अन्तिम समयमा सिग्नेट होटलको २५ मिटर पौडी पोखरीमा २१ औं राष्ट्रिय च्याम्पियनसिप आयोजना भयो ।

गौरिकाले ८ सय मिटर फ्रि स्टाइलमा विहान स्वर्ण पदक जितेकी उनले साँझ भने ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक मात्र जितिनन् , नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले ३०.८५ सेकेन्डको नयाँ कीर्तिमान बनाइकी थिइन् । यसअघि उनकै नाममा ३१.३१ को कीर्तिमान थियो ।

नेपालगन्जमा प्रतिस्पर्धा गरिरहेका ११ टिमका १ सय ३२ खेलाडीमा गौरिका सबैभन्दा सफल खेलाडी हुन् । नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा पौडीको व्यक्तिगत स्पर्धामा पदक जिताउने उनी एक्ली खेलाडी हुन् ।

सन् २०१६ मा भारतमा भएको १२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् । सोहि वर्ष उनले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दा त्यो ओलम्पिककै सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यस्तै एसियन र विश्व च्याम्पियनसिपमा पनि उनले अनुभव बटुलिसकेकी छिन् । गौरिका नेपाल आर्मीबाट आठौं राष्ट्रियमा भाग लिइरहेकी छिन् ।

आइतबार दोस्रो पदक जितेपछि गौरिकाले भनिन्, ‘यहाँका साथीहरुले पनि पौडीमा निकै प्रगति गरिसकेका छन् । त्यो देख्दा खुसी लाग्छ । आउने दिनमा अझै राम्रो गर्न सक्छन् ।’

घरेलु खेलाडीमाझ उनलाई प्रतिस्पर्धा दिने खेलाडी नै छैनन् । उनले खेलेका इभेन्ट्समा स्वर्ण पदक पक्का जस्तै हो । तर , पनि उनी अन्य सँग तुलाना गर्नु भन्दा पनि आफ्नो प्रतिस्पर्धा आफैसँग हुनुपर्ने बताउँछिन् ।

१२ औं सागमा स्वर्ण पदक जित्नबाट चुकेकी उनले नेपालमा आयोजना हुने भनिएको १३ औं सागमा आफु स्वर्णका लागि प्रयत्न गर्ने बताइन् । उनले भनिन्, ‘म दाबी त गर्दिन तर, घरेलु समर्थकका माझमा स्वर्ण पदक जित्ने कोशिस म गर्नेछु । ‘

यसपटक आठौंमा भने उनको लक्ष्य राष्ट्रिय कीर्तिमान बनाउने रहेको छ । त्यसका लागि गौरिकाले सुरुवात पनि राम्रो गरेकी छिन् । पहिलो दिन दुई स्वर्ण जित्दा एक कीर्तिमान कायम गरेकी उनले बाँकी दिन पनि प्रतिस्पर्धा गर्नेछिन् ।

भिडियोमा हेर्नुहोस :

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.